तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

तार काटिएकोमा दूरसञ्चार प्राधिकरणको आपत्ति

520
shares

काठमाडौं । पोलको भाडा नदिएको भन्दै नेपाल विद्युत प्राधिकरणले इन्टरनेटको तार काटेपछि हिजो नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले आपत्ति जनाएको छ । जथाभावी ढंगले अप्टिकल फाइबर काटिदिँदा धेरै ठाउँमा इन्टरनेट सेवा अवरुद्ध भएको भन्दै प्राधिकरणले आपत्ति जनाएको हो ।

प्राधिकरणले शनिबार निकालेको विज्ञप्तिमा अत्यावश्यक सेवा अवरुद्ध पारिएको भन्दै कानूनी कारबाही हुनसक्ने चेतावनी दिएको छ । इन्टरनेट सेवा प्रदायक संघ नेपाल र नेपाल विद्युत प्राधिकरणबीच पोल भाडा दर विवाद समाधान गर्न प्रयास भइरहेको अवस्थामा अनायास इन्टरनेट सेवा काट्दा राज्यको अति आवश्यक सेवा अवरुद्ध हुन पुगेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘दूरसंचार ऐन, २०५३ अनुसार कसैले पनि यस्तो सेवा अवरुद्ध गरेमा दण्डनीय हुने व्यवस्था छ, यसरी दूरसंचार सेवा अवरुद्ध गर्ने कार्य प्रति यस प्राधिकरण दुःख व्यक्त गर्दछ ।’

अति आवश्यक सेवा अवरुद्ध गर्नेलाई कानुनी कारवाही गर्न र यस्ता पूर्वाधारको सुरक्षा गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports