तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानन्यायाधीश अनुपस्थित वरिष्ठ अधिवक्ताहरुको बहिस्कार

520
shares

 

काठमाडौं । वरिष्ठ अधिवक्ताहरुले सर्वोच्च अदालत बार एशोसिएसनको चियापान कार्यक्रम बहिस्कार गरेका छन् ।
दशैंको अवसरमा सर्वोच्च बारले आज चियापान कार्यक्रम राखेको थियो, त्यस प्राधनन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई पनि बोलाइएको थियो ।

मन्त्रिपरिषदमा भागवण्डा खोजेको लगायतका विवादमा परेका प्रधानन्यायाधीशको काम कारबाहीमाथि प्रश्न उठाउनुपर्ने बेला प्रमुख अतिथि बोलाएको भन्दै वरिष्ठ कानुन व्यवसायीहरुले सर्वोच्च बारको चियापान नै बहिस्कार गरेका छन् ।

आफूहरुले संगठित रुपमा नभई स्वविवकेले चियापानमा नगएर सन्देश दिएको एक वरिष्ठ अधिवक्ताले बताएका छन् । ‘विरोध गर्नुपर्ने सर्वोच्च बारले प्रधानन्यायाधीशको समर्थन गरेको जस्तो देखिने भएर हामी सांकेतिक रुपमा अनुपस्थित भएका हौं’, ती वरिष्ठ अधिवक्ताले भने ।

वरिष्ठ अधिवक्ताहरुले बहिस्कार गर्ने पूर्व सूचना पाएपछि प्रधानन्यायाधीश जबरा पनि चियापान कार्यक्रममा उपस्थित भएनन् । सञ्चो नभएको भन्दै उनी उपस्थित नभएका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports