माधव नेपाललाई बढ्यो छटपटी
वि.सं.२०८० साउन ५ शुक्रवार ११:१७
shares

काठमाडौ । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी लगायतका अन्य दलहरु सम्मिलित रहेको अहिलेको सत्ता गठबन्धनले जनताको पक्षमा काम गर्न नसकेको आरोप नेकपा एकीकृत समाजवादीले लगाएको छ ।
उक्त पार्टीले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेसका सभापति शेरबहादुर देउवाबीचमा २०७९ माघ १७ गते भएको सहमति अनुसार दाहालले तीन वर्ष र देउवाले पछिल्लो २ वर्ष सरकारको नेतृत्व गर्ने सहमति गरेका थिए । त्यही सहमति कार्यान्वयन हुनुपर्नेमा कांग्रेस ढुक्क रहेको भएपनि माधव नेपाललाई समेत प्रधानमन्त्री बनाउने मौखिक सहमति भएपछि अहिले विवाद उत्पन्न भएको छ ।
माधव नेपाल ललिता निवास जग्गा काण्डमा मुछिएका र संघीय संसदमा १० सिट रहेको पार्टीका नेतालाई प्रधानमन्त्री बनाउँदा जनादेशको कदर नहुने कांग्रेस, माओवादीका नेताहरुले बताउन थालेका हुनाले माधव नेपाल झस्किएका छन् । माधव नेपालले यहि संकेत पाएर सरकार दुर्घटनामा पर्न सक्ने बताउँदै आएका छन् । एकीकृत समाजवादीको सचिवालय बैठकमा आफ्नो पार्टी सहभागि भएको सरकारले जनताको पक्षमा राम्रो काम गर्न नसकेको उद्घोष अध्यक्ष नेपालले समेत गरेका भएपनि सत्ताको आडमा बसेर पार्टी निर्माण गर्न उनी लागि परेका छन् ।
अहिले नै ३२ सिट भएको माओवादी केन्द्रका अध्यक्षलाई प्रधानमन्त्री बनाउँदा चौतर्फी आलोचना हुँदै आएका र जनमतको कदर नभएको आवाज उठिरहेका बेला १० सिटे एकीकृत समाजवादीलाई कुनै हालतमा पनि प्रधानमन्त्री बनाउन नहुने आवाज कांग्रेस र माओवादीमा उठेको हुनाले माधव नेपाल भने फेस सेभिङ्गमा लागेका छन् ।
कांग्रेसभित्र किचलो र सभापति देउवालाई संसदीय दलको नेताबाट हटाउनेसम्मको खेल भईरहेको अवस्थामा अहिलेकै अवस्थामा माधव नेपाल सहजै प्रधानमन्त्री बन्न सक्ने अवस्था नदेखिएको हुनाले माधव नेपाललाई छटपटी बढेको छ ।
सांसदको प्रमुख प्रतिपक्षी दलक नेकपा एमालेले मधेश प्रदेशमा जसपाको नेतृत्वको सरकारलाई समर्थन गरेको हुनाले जसपा र एमाले मिल्न सक्ने र जसपाले दाहाल सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने सम्भावना समेत देखिएको छ जसपाले समर्थन फिर्ता लिएको खण्डमा दाहाल सरकार ढल्ने र सत्ता गठबन्धन टुट्न सक्ने सम्भावना समेत देखिएको छ । यसको लागि असोज कार्तिक सम्म कुनुपर्ने अवस्था देखिन्छ ।





































