विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओली सँग छलफल गरी संसदमा जारी अवरोध हटाउन ढिलाइ गर्न हुन्न : नेता लोकेन्द्रबहादुर चन्द

624
shares

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले संसद्को अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहालले पहलकदमी लिनुपर्ने बताएका छन् । वरिष्ठ नेता चन्दले प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओली सँग छलफल गरी संसदमा जारी अवरोध हटाउन ढिलाइ गर्न नहुने बताएका हुन् ।

शनिवार ललितपुरमा आयोजित मोतिशोभा श्रेष्ठको ‘चियाको चुस्की’, प्रा.डा सृजना श्रेष्ठको ‘भोलि कोही नआउन्जेलसम्म’ र प्राडा सविना श्रेष्ठको ‘एउटा जीवन छामेर हेर्दा’ कृतिहरूको लोकार्पण कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री दाहालले संसद्को अवरोध हटाउने अभिव्यक्ति दिएको उल्लेख गर्दै छिट्टै संसद् सुचारु हुने विश्वास समेत व्यक्त गरे । उनले भने, ‘तर जे होस् गोभरमेन्ट र अपोजिशनले बसेको त्यो कुरा मिलाउनुपर्छ । कुरा पनि चलिराख्या छ क्यारे । अब यो प्रधानमन्त्रीजीले लिडर अफ अपोजिशन सँग छलफल गराएर यसको सोलुसन निकाल्छु भन्नुभएको थियो । निकाल्नुहोला ।’

फरक प्रसङ्गमा वरिष्ठ नेता चन्दले पार्टी भित्र केही समस्या रहेको स्वीकार गर्दै त्यसको समाधान विधि र विधान भित्रै रहेर हुने बताए । चन्दले भने, ‘राप्रपा भित्र साथीहरूको केही गुनासो थियो । त्यो बारे छलफल गरिएको हो । ती गुनासोहरू नियम र विधान अनुसार हुन्छ ।’ कार्यक्रममा वरिष्ठ नेता चन्दले लोकार्पण गरिएका तीनवटै कृतिहरू पठनीय रहेको बताएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports