kumari
stcnepal

८० लाखसहित चित्रबहादुर पुन मगर पक्राउ

 

काठमाडौँ । प्रहरीले भक्तपुरबाट स्रोत नखुलेको ८० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । बुधबार राति प्रहरीले मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीबाट स्रोत नखुलेको ८० लाख रुपैयाँसहित काठमाडौं कोटेश्वर बस्ने ३६ वर्षीय चित्रबहादुर पुन मगरलाई पक्राउ गरेको हो । उनी बाग्लुङ गल्कोट नगरपालिका–१० पाण्डवखानी स्थायी घर भएका व्यक्ति हुन् ।

लोकन्थली मनहरा आँखा अस्पताल नजिक हुण्डीको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी पुगेको थियो । वृत्त ठिमीबाट खटिएको प्रहरीले मगरलाई बा४९प ८५६५ नम्बरको स्कुटर र नगद ३० लाख रुपैयाँसहित नियन्त्रणमा लिएपछि अनुसन्धानको क्रममा उनको कोठाबाट थप ५० लाख रुपैयाँ फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले वताएका छन् । मगरलाई आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पुल्लचोकमा पठाइएको उनले जानकारी दिएका छन् ।

footer