सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

८० लाखसहित चित्रबहादुर पुन मगर पक्राउ

494
shares

 

काठमाडौँ । प्रहरीले भक्तपुरबाट स्रोत नखुलेको ८० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । बुधबार राति प्रहरीले मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीबाट स्रोत नखुलेको ८० लाख रुपैयाँसहित काठमाडौं कोटेश्वर बस्ने ३६ वर्षीय चित्रबहादुर पुन मगरलाई पक्राउ गरेको हो । उनी बाग्लुङ गल्कोट नगरपालिका–१० पाण्डवखानी स्थायी घर भएका व्यक्ति हुन् ।

लोकन्थली मनहरा आँखा अस्पताल नजिक हुण्डीको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी पुगेको थियो । वृत्त ठिमीबाट खटिएको प्रहरीले मगरलाई बा४९प ८५६५ नम्बरको स्कुटर र नगद ३० लाख रुपैयाँसहित नियन्त्रणमा लिएपछि अनुसन्धानको क्रममा उनको कोठाबाट थप ५० लाख रुपैयाँ फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले वताएका छन् । मगरलाई आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पुल्लचोकमा पठाइएको उनले जानकारी दिएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports