विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रतिशोधको राजनीतिले दाहाल माथि नै संकट !

637
shares

 

काठमाडौ । पछिल्लो समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्नै बोलीको कारण संकटमा पर्दै गएका छन् । सत्ता गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री भएका दाहालले सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेससँग गरेको सहमतिलाई अपव्याख्या गर्दै आफँै पाँच वर्षसम्म प्रधानमन्त्री रहिरहने उद्घोष गरेपछि कांग्रेसभित्र तीव्र असन्तुष्टि बढ्दै गएको छ ।
२०७९ पुस ३ गते नेकपा एमाले सहितको गठबन्धनबाट प्रधानमन्त्री बनेका दाहालले आफू प्रधानमन्त्री बनेको एक महिना नपुग्दै एमाले सहितका दलहरुसँग गरेको गठबन्धन तोडेर उनी कांग्रेसको शरणमा पुगेका थिए । त्यसबेला कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा लगायत नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले उनलाई समर्थन गरेको थियो ।
कांग्रेससँग सहमति गर्दा दाहालले पहिलो दुई वर्ष आफू प्रधानमन्त्री रहने त्यसपछिको एक वर्ष नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई एक वर्ष प्रधानमन्त्री बनाउने र पछिल्लो दुई वर्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो ।
आफू प्रधानमन्त्री भएपछि दाहालले अनेक निकडम र छलकपट अनि षड्यन्त्र गर्दै आफ्नै नेतृत्वको सरकार पाँच वर्षसम्म चल्ने उद्घोष गरेपछि सत्ता गठबन्धनमा रहेका दलहरुभित्र असन्तुष्टि जन्मिएपछि उनीहरुलाई टुँगो लगाउन उनले भ्रष्टाचारका फाइलहरु खोल्ने धम्की दिँदै आएका थिए । ठीक त्यही बेला नक्कली भुटानी शरणार्थी काण्ड, ललिता निवास जग्गा काण्ड, सुन तस्करी काण्ड सहतमा आएपछि तिनै काण्डहरुलाई देखाएर प्रधानमन्त्री दाहालले आज भन्दा १७ वर्षअघि भएको गौर हत्याकाण्डको समेत फाइल खोल्ने र उक्त काण्डमा संलग्न भएकाहरुलाई कानुनी दायरामा ल्याउने उद्घोष गरेका थिए ।
ललिता निवास जग्गा काण्डको मुद्दा अदालतमा दर्ता भै निर्णयको प्रक्रियामा रहेको र सो काण्डमा पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराई मुछिएका हुनाले त्यही काण्डलाई देखाएर माधव नेपाल र बाबुराम भट्टराईलाई आफ्नो विपक्षमा बोल्ने मुख बन्द मात्र गरिदिएका छैन आफँै न्यायाधिश भएर माधव नेपाल निर्दोष रहेको फैसला समेत सुनाएका छन् ।
कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी काण्डमा संलग्न भएको र अदालतको आदेश अनुसार उनी पुर्पक्षका लागि थुनामा रहेका र उक्त काण्डमा पक्राउ परेका व्यक्तिहरुले कांग्रेसका सभापति शेरबहादुर देउवाकी श्रीमती आरजु राणा देउवाको नाम लिएपछि आरजु राणालाई पनि अनुसन्धान गर्नुपर्ने आवाज उठिरहेकाले गर्दा त्यसै प्रकरणलाई देखाएर सभापति देउवाको मुख बन्द गर्न प्रधानमन्त्री दाहाल लागि परेका छन् ।
बालकृष्णा खाँण सभापति देउवाका निकट रहेको र उनी नै नक्कली भुटानी शरणार्थी काण्डमा संलग्न रहेकाले गर्दा कांग्रेसले उनलाई केन्द्रीय सदस्यबाट समेत निलम्बन गर्न सकेको छैन भने त्यही काण्डमा मुछिएका नेकपा एमालेका उपसचिव एवं सांसद टोपबहादुर रायमाझीलाई भने एमालेले निलम्बन गरिसकेको छ । एउटै काण्डमा मुछिएका रायमाझीलाई एमालेले निलम्बन गरेकाले खाँणलाई निलम्बन गर्नुपर्ने आवाज कांग्रेसभित्रै उठेपनि कांग्रेसका सभापतिकै दवावमा उनी निलम्बनमा परेको छैनन् भने उक्त काण्डको अनुसन्धान गर्ने प्रहरी अधिकृतहरु भने सरुवामा परेका छन् ।
प्रधानमन्त्री दाहालले आफ्नो पद बचाइराखनका लागि बेला बेलामा भ्रष्टाचारका सबै फाइल खोल्ने अभिव्यक्ति दिँदै आएका भएपनि माओवादी केन्द्रका तत्कालिन लडाकुहरु राखिएको शिविरमा भएको घोटलाको फाइल खोल्न चाहिरहेका छैनन् त्यसको एउटै कारण हो प्रचण्ड आफ्नै फस्ने डरले गर्दा । जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव दाहाल सरकारसँग असन्तुष्ट रहेको बेला उनलाई टुँगोमा ल्याउन गौर हत्याकाण्डको फाइल खोल्ने हतियार प्रयोग गरे ।
सो काण्डमा माओवादीका २७ लडाकु मारिएका थिए । त्यसको दोष उपेन्द्र यादवलाई लगाएर प्रहरीकहाँ किटानी जाहेरी परेको थियो । उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएको खण्डमा दाहाल सरकार ढाल्ने भएकाले प्रधानमन्त्रीले यादव विरुद्धको फाइल खोल्ने धम्की दिएर यादवलाई आफ्नो पक्षमा रहिरहन बाध्य पारेका छन् । त्यसैगरी कांग्रेस र माधव नेपाललाई पनि आफ्नो पक्षमा रहिरहन बाध्य पारेर त्यसको फाइदा उठाउँदै आएका छन् ।
प्रधानमन्त्री दाहालले सत्ता गठबन्धन र विपक्षी दलहरुलाई तिकडम र र जालझेल गरेर प्रतिशोधको राजनीति गरेर पाकिस्तानी स्टाइल अपाउँदै आएका भएपनि अब उनीसँ सबै अस्त्र सकिएन र उनको झुटको खेती समेत बन्द हुने अवस्थामा पुगेकाले उनी रणभुल्लमा परेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports