विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अध्यागमन विभागको आन्तरिक सर्भर साढे ३ घण्टापछि सञ्चालनमा

585
shares

काठमाडौं । अध्यागमन विभागको आन्तरिक सर्भर साढे ३ घण्टापछि सञ्चालनमा आएको छ । मंगलबार बिहान १० बजे देखि डाउन भएको सर्भर साढे १ बजेदे खि सञ्चालनमा आएको विभागका सूचना अधिकारी खेमराज भुसालले जानकारी दिए ।

‘पहिले पनि बेला बेलामा आन्तरिक सर्भर डाउन हुन्थ्यो । आज पनि एक्कासी यस्तो भयो,’ सूचना अधिकारी भुसालले भने, ‘अहिले १ बजेर ३० मिनेटपछि सञ्चालनमा आएको छ ।’ सर्भर डाउन भएपछि यात्रुहरुलाई म्यानुअल प्रणालीबाट सेवा प्रवाह गरेको भुसालले दाबी गरे । सर्भर डाउनका कारण विमानका यात्रुहरुलाई केही समय लाइन लाग्नु परेको विभागले जनाएको छ ।

त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले सर्भर डाउनका कारण केही समस्या भएको तर अब हल हुने अवस्थामा पुगेको जानकारी आएको बताए ।‘आन्तरिक सर्भर डाउन भएपछि अध्यागमनको काम म्यानुअल्ली भइरहेको थियो । केही लाइन बढेको थियो,’ प्रवक्ता झाले भने, ‘जसका कारण ५ देखि १५ मिनेटसम्म ढिलाइ भइरहेको थियो । तर, यात्रु रोकिने वा विमानस्थल सञ्चालन प्रणालीमा ठूलो समस्या छैन ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports