linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै

611
shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक आज बिहान ११ बजे सानेपा स्थित केन्द्रिय कार्यालयमा बस्न लागेको हो ।

हिजो बिहीबारदेखि सुरु भएको बैठकमा विमलेन्द्र निधि, कल्याणकुमार गुरुङ, नैनसिंह महर, प्रतिमा गौतम र आमन्त्रित प्रदेश सभापतिहरु— उद्धव थापा (कोशी), कृष्णप्रसाद यादव (मधेश), इन्द्रबहादुर बानियाँ (बागमती), शुक्रराज शर्मा (गण्डकी), अमरसिंह पुन (लुम्बिनी), ललितजंग शाही (कर्णाली) र बीरबहादुर बलायर (सुदूरपश्चिम)ले बैठकमा आ–आफ्नो धारणा राखेका थिए ।

आजको बैठकमा बाँकी केन्द्रिय सदस्यले आ–आफनो धारणा राख्नेछन् । त्यसैगरि हिजोको बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तावहरु प्रस्तुत गरेका थिए भने उपसभापति पूर्णबहादुर खड्काले शिक्षा विधेयक र शिक्षक महासंघसँग भएका संवादहरुबारे जानकारी गराएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports