माधव नेपालबाट कम्युनिष्ट शब्दकै उपहास
वि.सं.२०८० असोज ५ शुक्रवार ०७:५६
shares

काठमाडौ । नेपालको राजनितिमा लाज, घिन र डर सबै हराउदै गएको छ । राजनितिज्ञको लागि इमान्दारिता र सत्यता सबैभन्दा ठुलो प्रतिवद्धता हो ।
पछिल्ला वर्षहरुमा राजनीतिज्ञ भनाउँदाहरुमा लाज, घिन र बैमानीले प्रश्रय पाउँदै गएकाले गर्दा जनताले राजनीतिज्ञहरुलाई चोर भन्न थालेका छन् । सत्ता स्वार्थका लागि जस्तासुकै हथकण्डाहरु अपनाउन उनीहरु तयार हुने गरेका हुनाले जनताले उनीहरुलाई चोरको संज्ञा दिएका हुन् ।
नेपालको राजनीतिमा अनेक प्रकारका तमासाहरु देख्न पाइएको छ । जस्तै कम्युनिष्ट पार्टीको नेतृत्वको सरकार ढालेर आफैँले दक्षिणपन्थी भनेर गाली गरेको नेपाली कांग्रेसलाई पुष्पकमल दाहाल, माधव नेपालसहितका नेताहरुले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न आग्रह गरेका थिए । त्यसोत, देउवाले दाहाल नेपालको आग्रहमा आफूँ प्रधानमन्त्री बन्न तयार रहेको भन्दै केपी ओली नेतृत्वको सरकार ढालेपछि देउवालाई दाहाल नेपालले प्रधानमन्त्री बनाएको सर्बविविदै छ ।
माधव नेपालले दाहाल देउवाकै निर्देशनमा नेकपा एमाले विभाजन गर्ने प्रयास गरेका भएपनि पार्टीको एक टुक्रा लिएर देउवा दाहालको शरणमा पुगेका थिए । उनीहरुकै आर्शिवादबाट २०७९ मा भएको निर्वाचनमा माधव नेपालाके पार्टीमा १० सिट जितेको थियो ।
पछिल्लो समयमा नेकपा एमालेले नेपाली कांग्रेस संसदको सबै भन्दा ठुलो पार्टी भएको नाताले उसको नेतृत्वमा सरकार निर्माण गर्ने भए एमालेले पूर्ण समर्थन गर्ने बताएपछि माधव नेपाललाई छटपटी बढेको छ । त्यही कारणले माधव नेपाल आफ्नै बोलीको विरुद्धमा खोक्न थालेका छन् ।
आफैँले दक्षिणपन्थी भनेर आरोप लगाएको कांग्रेसको शरणमा पुगेका व्यक्तिले एमालेले दक्षिणपन्थी कांग्रेसलाई सरकार बनाउन सहयोग गर्न कुन कम्युनिष्ट सिद्धान्त भित्र पर्दछ भन्ने प्रश्न गरेका छन् ।
हामी भन्दछौँ तपाई र दाहालले कुन सिद्धान्तमा रहेर कम्युनिष्ट नेतृत्वको सरकार ढाल्नु भयो र आफैँले दक्षिणपन्थी भन्ने आरोप लगाएको कांग्रेसलाई प्रधानमन्त्री बन्ने दिन बुढानिलकण्ठमा रातारात देउवाको शरणमा पर्न गएको होइन र ?
अहिले तपाईलाई ललिता निवास जग्गा काण्डमा प्रधानमन्त्री दाहालले उन्मुक्ति दिएपछि कांग्रेस र प्रधानमन्त्रीको चाकडी गर्दै झुठको सहारा लिनु तपाईको नैतिकता ? आफँैले दक्षिणपन्थी भनेकालाई सहयोग र समर्थन गर्दै आफूलाई कम्युनिष्ट भन्ने तपाईले कम्युनिष्ट शब्दकै बेइज्जत गर्नुभएको प्रष्ट भएन र ?





































