linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसभित्र खेल्न थाले प्रधानमन्त्री दाहाल

663
shares

 

काठमाडौ । नेपाली कांग्रेसभित्र समेत प्रधानमन्त्री पुष्पकमल दाहाल खेल्न थालेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले एकलौटी पार्टी सञ्चालन गरेको आरोप संस्थापनइतर पक्षले लगाउँदै आएको बेला कांग्रेसका महामन्त्री गगन थापाले पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाएकोमा कांग्रेसको नेता र कार्यकर्ताहरुले चित्त दुखाउन नहुने अभिव्यक्ति दिँदै आएका छन् ।
कांग्रेसका पूर्व महामन्त्री एवं सांसद शशांक कोइरालाले भने पुष्पकमल दाहाल नेतृत्वको सरकार पाँच वर्षसम्म चल्न सक्ने अभिव्यक्ति दिएपछि कांग्रेसभित्र थप विवाद बढेको छ । कांग्रेसभित्रको विवाद साम्य पार्ने भन्दा सभापति देउवा भने अब आफू फेरी सभापति नहुने र आफ्नी श्रीमती आरजु राणा देउवालाई पार्टीमा जसरी भएपनि स्थापित गर्ने रणनीतिमा लागि परेका छन् ।
नेपाली कांग्रेसभित्र कोइराला परिवारको हैकम विस्तारै हराउँदै गएको अवस्थामा संस्थापन इतर पक्षको नेतृत्व गर्दै आएका शेरख कोइरालाले अब सरकारको नेतृत्व कांग्रेस गर्नुपर्ने बताइरहेका बेला शंशाक कोइरालाले भने पाँच वर्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार सञ्चालन हुन सक्ने अभिव्यक्ति दिएपछि कोइराला परिवारभित्र विवाद सिर्जना भएको छ ।
कोइराला परिवारभित्रको विवादलाई प्रधानमन्त्री दाहालले मलजल गरेको आरोप कांग्रेसका संस्थापन इतर पक्षले लगाउन थालेका छन् । शेखर कोइरालालाई काउन्टर दिनका लागि शशांक कोइरालालाई अगाडि बढाउने प्रयासमा प्रधानमन्त्री दाहाल र कांग्रेसका सभापति देउवा नै सक्रिय भएको र प्रधानमन्त्री दाहालले आफ्नो पदलाई सुरक्षित राख्न कोंग्रेसभित्र खेल्न खोजेको आरोप समेत कांग्रेसजनहरुले लगाउन थालेका छन् ।
शेरख कोइराला दुई वर्षपछि हुने कांग्रेसको महाधिवेशनमा सभापतिका उम्मेदवार बन्ने निश्चित रहेका बेला शशांक कोइरालालाई देउवाले समर्थन गर्ने र आफ्नी श्रीमती आरजु राणालाई समेत सभापतिको उम्मेदवार बनाएर पहिलो पटकमा कसैले बहुमत ल्याउन नसक्ने अवस्था सिर्जना गरेर दोस्रो पटकको निर्वाचनमा आरजु राणालाई अहिलेको संस्थापन पक्षको समर्थनमा सभापतिको उम्मेदवार बनाएर सभापति बनाउने खेलमा सभापति देउवा लागेका भित्री स्रोतको दाबी छ ।
उनलाई प्रधानमन्त्री दाहालले समेत सहयोग गर्न सक्ने भएकाले गर्दा कोइराला दाजुभाई बीचमा फाटो ल्याएर आफ्नो स्वार्थ पूरा गर्ने खेलमा प्रधानमन्त्री दाहाल र कांग्रेसको सभापति सहित कांग्रेको संस्थापन पक्ष लागि परेको कांग्रेसजनहरुले नै बताउन थालेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports