linktrix Long Ad
Salt Trading Long Ad

जालझेल तिकडमको राजनीति कहिले सम्म प्रधानमन्त्री ज्यु !

676
shares

 

प्रधानमन्त्री पुष्पकमल दाहाल जालझेल र तिकडम गर्न जान्ने राजनीतिज्ञका रुपमा चिनिँदै आएका छन् । आफ्नो स्वार्थका लागि उनी जोसँग जस्तोसुकै सहमति गर्न तयार भै हाल्छन् । आफ्ना विरोधीहरुलाई तह लगाउनका लागि अनेक बहानाबाजी गरेर उनीहरुलाई आफ्नो पक्षमा ल्याएर आफ्नो स्वार्थ पूरा गरिरहेको अहिले प्रष्ट रुपमै देखिएको छ । ललिता निवास जग्गा काण्डमा मुछिएका पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईलाई ललिता निवास जग्गा काण्डलाई देखाएर आफ्नो पक्षमा लिन दाहाल सफल भएका छन् । त्यसैगरी गौर हत्या काण्डलाई देखाएर उपेन्द्र यादवलाई समेत आफ्नो पक्षमा दाहालले लिईसकेका छन् ।
माधव नेपाल प्रधानमन्त्री रहेका बेला ललिता निवास जग्गा काण्डमा नक्कली मोहीलाई जग्गा सट्टापट्टा दिने निर्णय भएको थियो । सो प्रकरणमा मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्नेहरुमाथि मुद्दा चलाइयो तर मन्त्रिपरिषद्को अध्यक्षता गर्ने र निर्णय भएको फरमान जारी गर्ने तत्कालिन प्रधानमन्त्री माधव नेपाललाई उन्मुक्ति दिने निर्णय सत्ता गठबन्धनको गत श्रावण २९ गते बसेको बैठकले गरेको थियो ।
त्यसैगरी बाबुराम भट्टराई प्रधानमन्त्री रहेका बेला ललिता निवास जग्गा काण्डको प्रकरणमा नक्कली गुठी टिकिन्छा खडा गरेर नक्कली मोहीलाई समेत जग्गा दिने निर्णय मन्त्रिपरिषद्को बैठकबाटै गराइयो । तर उनीहरु दुवैलाई मुद्दा नचलाई सरकारी साक्षीको रुपमा राख्ने निर्णय सत्ता गठबन्धनले गरेर निर्णयाकर्तालाई उन्मुक्ति र कार्यान्वयन गर्ने व्यक्तिहरुमाथि मुद्दा चलाइयो यसैले प्रष्ट हुन्छ प्रधानमन्त्री दाहाल आफ्नो स्वार्थका लागि जस्तोसुकै सहमति जोसँग पनि गर्न तयार हुन्छ र राष्ट्रघात गर्न पछि पर्दैनन् भनेर ।
मुलुकमा भएका ठुला ठुला भ्रष्टाचारका काण्डहरुलाई देखाएर सत्ता गठबन्धनमै रहेका दलहरुलाई समेत प्रधानमन्त्री दाहालले धम्क्याउँदै आएका छन् । आफ्नो नेतृत्वको सरकार ढल्न सक्ने संकेत पाएपछि माधव नेपाललाई ललिता निवास जग्गा प्रकरणमा निर्दोष रहेको करार गरेभने १७ वर्ष अघि भएको गौर हत्या काण्डलाई देखाएर जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई समेत आफ्नो पक्षमा ल्याउने रणनीतिक उदेश्यले गौरहत्या काण्डको फाइल खोल्ने धम्की दिए । उपेन्द्र यादवलाई विरुद्ध रौतहट प्रहरी कार्यालयमा किटानी जाहेर १७ वर्ष अघि नै परेको र राजनीतिक स्वार्थका कारण त्यसको अनुन्धान हुन नसकिरहेका बेला त्यही अनुसन्धान गर्न फाइल खोल्ने धम्की दिएर उपेन्द्र यादवको पार्टीलाई समेत आफ्नो नेतृत्वको सरकारबाट बाहिर जाने बाटो बन्द गरिदिएका छन् ।
मुलुकको हित भन्दा आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न अनेक प्रकारका तिकडम र जालझेल गरेर सत्तामा टिकिरहने रणनीतिक उदेश्यले गर्दा दाहाल आफैँ विस्तारै संकटमा पर्दे आएका छन् ।

सत्ताको प्रमुख घटक नेपाली कांग्रेसभित्र व्यापक असन्तुष्टि उब्जिएको भएपनि शेरबहादुर देउवालाई समेत आफ्नो पक्षमा लिन सफल भएका छन् । कांग्रेसको संस्थापन पक्षको विरोधमा रहेको संस्थापन इतर पक्षले भने अब सरकारको नेतृत्व कांग्रेसले लिनुपर्ने बताइरहेका बेला कांग्रेसका महामन्त्री गगन थापाले भने माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाइएको हुनाले कांग्रेसका नेता तथा कार्यकर्ताहरुले चित्त दुखाउनु नहुने अभिव्यक्ति दिएका हुनाले महामन्त्री थापालाई समेत प्रधानमन्त्री दाहालले आफ्नो पक्षमा लिएको हुन सक्ने आरोप कांग्रेसजनहरुले नै लगाएका छन् । थापाले केही समय पहिला प्रधानमन्त्री दाहालको कार्यशैलीप्रति विरोध गर्दै आएका भएपनि अहिले उनी प्रधानमन्त्री दाहालकै पक्षमा बोल्न थालेका छन् ।
माओवादी केन्द्रको संसदमा जम्मा ३२ सिट रहेको छ भने नेपाली कांग्रेसको ८९ नेकपा एमालेको ७८ सिट रहेकोमा ३२ सिटेलाई प्रधानमन्त्री बनाउनु जनताकै अपमान हो । आफ्नो स्वार्थ पूरा गर्नकै लागि प्रधानमन्त्री दाहालले समाजवादी मोर्चा गठन गरेका छन् जुन मोर्चामा माओवादी माधव नेपालको एकीकृत समाजवादी, उपेन्द्र यादवको जनता समाजवादी र नेत्रविक्रम चन्दको नेपाल कम्युनिष्ट पार्टी रहेका छन् । आफूलाई ३२ सिटे भन्ने आरोप लगाउनेहरुलाई उत्तर दिन उनले समाजवादी मोर्चाको ५४ सिटको प्रतिनिधित्व गरेको भन्दै जनतालाई ढाँटी रहेका छन् यदि ५४ सिटको नेतृत्व गरेको हो भने मोर्चामा रहेका पार्टीहरुले किन पार्टी एकीकरण नगर्ने त भन्ने प्रश्न समेत उठेको भएपनि त्यसमा उनी मोन रहेका छन् ।
पछिल्लो समयमा ललिता निवास जग्गा काण्ड, सुन तस्करी काण्डमा माओवादी केन्द्रका नेताहरु नै संलग्न भएकाले गर्दा यी सबै काण्डहरुलाई फासफुस पार्नका लागि र जनतालाई देखाउनका लागि मात्र अनुसन्धान गरी मुद्दा दर्ता गरिएको भएपनि यी सबै काण्डहरु फासफुस हुने प्रायः निश्चित रहेको हामीले यसअघि नै प्रष्ट पारि सकेका छौँ र यसैमा हामी ढुक्क रहेका छौँ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports