linktrix Long Ad
Salt Trading Long Ad

प्रधानन्यायाधिश र सहजकर्ता वीचको सहमति प्रधानन्यायाधिश राणाद्धारा उल्घन

845
shares

 

काठमाडौँ । आन्दोलनरत न्यायाधिशहरुले प्रधानन्यायाधिशसग वार्ताका लागि तिन न्यायाधिशलाई सहजकर्ता वनाएपछि उनीहरुले २ पटक प्रधानन्यायाधिशलाई भेटेर वार्ता गरेपछि प्रधानन्यायाधिश राणा वन्दी प्रत्यक्षीकरणका मुद्धा मात्र पेशी तोक्न तयार भएपनि आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बन्दी प्रत्यक्षीकरणका अलावा बैंकिङ कसूरको मुद्दामा पनि पेशी तोकेका छन् ।अघोषित रूपमा इजलास बहिष्कार गर्दै आएका न्यायाधीशहरू बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्र हेर्न तयार भएपछि जबराले सोमवार त्यही अनुसार पेशी तोकेका थिए ।
तर, मंगलवार ६ वटा इजलास तोकिएकोमा बैंकिङ कसूरका ४ वटा मुद्दा पनि पेशी चढेका छन् ।प्रधानन्यायाधीश जबरासँग इजलास शेयर गर्न नसकिने भनेर न्यायाधीशहरूले अडान कायम राखेका कारण जबराले आफू बाहेकको इजलास तोकेका छन् ।
मंगलबार कुल १० वटा इजलास राखिएको छ । दीपककुमार कार्की र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरण, मीरा खड्का र हरिकृष्ण कार्कीको संयुक्त इजलासमा एउटा बन्दी प्रत्यक्षीकरण र ४ वटा बैंकिङ कसुरको मुद्दा राखिएको छ ।

त्यसबाहेक बमकुमार श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरणको १ थान मुद्दा, तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरणकै १ थान मुद्दा, प्रकाशकुमार ढुंगानाको एकल इजलासमा बन्दी प्रत्यक्षीकरणको १ थान मुद्दा र सुष्मालता माथेमाको एकल इजलासमा बन्दी प्रत्यक्षीकरणको १ थान मुद्दा राखिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports