विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुनिताले ल्याइन ‘हमेशा’

689
shares

काठमाडौ । युवा साहित्यकार एवं गीतकार भिष्मराज फुलाराको शब्दमा नृत्य निर्देशक सुनिता बस्नेतले महान पर्व तिहारको पावन अवसर पारेर दर्शक, श्रोताका लागि नयाँ सांगीतिक कोसेली सार्वजनिक गरेका छन् । बाबुल गिरीको स्वर, संगीत र संगीत संयोजन रहेको ‘हमेशा यो शहरको डेरामा’ बोलको गीतको भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक भएको हो ।
‘अहिलेको बिषम परिस्थिति र यो महामारीको चपेटामा परि कष्टकर जीवन बिताइरहेका आम नागरिक तथा मुलुक वा मुलुक बाहिर सपनाको संसार सजाउन हिंडेका युवापिढी जो शहरका डेरामा बसी क्रुरता जीवन भोगिरहेका छन् त्यस्तो जन जीवनलाई लक्षित गरि गीत मार्फत उजागर गर्नु भएको छ गीतकार भिष्मराज फुलाराले । यस्तो मर्मश्पर्धी गीतको भिडियो निर्माणमा संलग्न हुन पाउँदा खुशी लागेको छ’ नृत्य निर्देशक सुनिता बस्नेतले बताइन् ।

 


नृत्य प्रशिक्षकको रुपमा परिचित नृत्यांगना सुनिता बस्नेत पछिल्लो समय नृत्य प्रशिक्षकसंगै म्युजिक भिडियो निर्देशनमा पनि त्यतिकै सकृय बनेकी छन् । नृत्य निर्देशनको क्षेत्रमा थोरै महिला निर्देशक छन् जसमा कोरियोग्राफर, नृत्यांगना सुनिता बस्नेत पनि एक हुन् ।
समसामयिक अति मर्मश्पर्धी गीत ‘हमेशा यो शहरको डेरामा’को भिडियोमा सविन बास्तोला, सरोज दाहाल, सुनिता गीरी, मन महर्जन, हरिशरण गीरी, रुपा मानन्धरले जिवन्त अभिनय गरेका छन् । भिडियोमा सम्पादन सुजन बडाल, छायांकन सुमन कार्की, कोरियोग्राफर सुनिता बस्नेत, श्रृंगार रुपा मानन्धर, निर्देशन राजु गीरीको रहेका छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports