२६औं अन्तर्राष्ट्रिय सम्मेलन कोप–२६ मा देउवा सहभागी
वि.सं.२०७८ कात्तिक १६ मंगलवार १४:०४
shares
US President Joe Biden talks at a COP26 reception at the Kelvingrove Art Gallery Glasgow. Photograph: Karwai Tang/ UK Government
काठमाडौँ ।जलवायु परिवर्तनसम्बन्धी २६औं अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा विश्व नेताहरुको शिखर बैठकलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेका छन्। सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च हिमाली क्षेत्रको विशिष्ट जलवायु सङ्कटलाई पहिचान गर्न र जलवायुसँग सम्बन्धित हरेक छलफलमा हिमालय एजेण्डालाई उच्च प्राथमिकतामा राख्न विश्वका नेताहरुसँग आग्रह गरेका थिए।
सम्मेलन अन्तर्गत विश्व नेताहरुको भेलाको पहिलो दिन बेलुका ग्लास्गोस्थित आर्ट ग्यालरीमा रिसेप्सन आयोजना गरिएको थियो जहाँ अमेरिकी राष्ट्रपति जो बाइडेनदेखि नेपाली प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी थिए ।
कार्यक्रमको दौरान प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदी, बेलायती समकक्षी बोरिस जोन्सनलगायतसँग पनि भेटवार्ता गरेका थिए। उक्त पार्टीमा बेलायती राजपरिवारका सदस्यहरु पनि उपस्थित थिए ।
































