linktrix Long Ad
Salt Trading Long Ad

एनसेल विरूद्ध अमरेशको रिट न्यायाधीश राउतको इजलासमा, आज सुनुवाई हुने प्राय निश्चित

637
shares

काठमाडौँ । एनसेलको सेयर खरिदबिक्री भएको विषयमा स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले दायर गरेको रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको छ । लामो समयदेखि हेर्न नभ्याउनेमा परेको सिंहको रिट मंगलबार भने सुनुवाइ हुने भएको छ ।

यसअघि मङ्सिर २४ गतेदेखि लगातार हेर्न नभ्याइनेमा परेको सिंहको रिट मङ्सिर पुस १ गते भने रिट निवेदककै कानुन व्यवसायीले स्थगित गराएका थिए । पुस २ गते सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा परेको रिट बेञ्च बस्न नभ्याएर स्थगितमा परेको थियो । सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी गरेका छन् । उनले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन पनि माग गरेका छन् ।

सिंहले मङ्सिर २२ गते शुक्रबार दायर गरिएको रिटमा एनसेल आजियटाको नेपालस्थित कार्यालय, नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिस्ट्रारको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आन्तरिक राजश्व विभाग मातहतको ठुला करदाता कार्यालयलाई विपक्षी बनाएको छ  मंगलबार सिंहको रिट घमा परेको छ र सुनुवाइ हुने निश्चितजस्तै छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports