kumari
stcnepal

विद्यार्थीलाई नियमित विद्यालय पोसाक भन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो आएको प्रति काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगर मातहतमा सञ्चालित केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो आएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

आज एक सूचना जारी गर्दै महानगरले तोकिएको विद्यालय पोसाक बाहेक अन्य पोसाक किन्न विद्यार्थीलाई बाध्य नगर्न विद्यालयलाई अनुरोध गरेको छ । कोही कसैले परिपत्र विपरीत कार्य गरेको पाइएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानुनबमोजिम दण्ड सजाय गरिने चेतावनी समेत महानगरले दिएको छ ।

footer