kumari
stcnepal

नेपाली महिला क्रिकेट टिम कतार प्रस्थान

 

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टिम टी–२० सिरिज खेल्न कतार प्रस्थान गरेको छ ।
नेपालले कतारसँग तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । कतारमा तीन खेल खेलेपछि रूबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोली नोभेम्बर १९ मा यूएईको दुबई प्रस्थान गर्ने छ । एसियाली छनोट नोभेम्बर २२ देखि सुरु हुनेछ ।
नेपालले यसअघि बंगलादेशमा गएर एक साता तयारी गरेको थियो । बंगलादेशमा नेपालले बंगलादेश क्रिरा शिक्षा प्रतिष्ठान (बिकेएसपी) खेलेको तीन टि–२० अभ्यास सिरिज २–१ ले जितेको थियो ।

मंसिर ६ देखि १२ (नोभेम्बर २२ देखि २८) सम्म यूएईमा हुने टी–२० महिला विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले हङकङसँग नोभेम्बर २२ मा खेल्नेछ ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी–२० विश्वकपको रोडम्यापको रुपमा रहेको छनोटमा नेपालसहित ६ टोलीले प्रतिस्पर्धा गर्ने छ । छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई सहभागी छन् । विजेता ग्लोबल छनोटमा पुग्नेछ ।

 

 

footer