औषधीहरु राज्यका तर्फबाट उत्पादन गरी आत्मनिर्भर बन्ने लक्ष्य लिइएको छ : प्रधानमन्त्री दाहाल
वि.सं.२०८० पुस १० मंगलवार १७:५३
shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औषधीमा आत्मनिर्भर बन्ने लक्ष्य लिइएको बताएका छन् ।
मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै प्रचण्डले सरकारले प्रदान गर्दै आएका औषधीहरु राज्यका तर्फबाट उत्पादन गरी औषधीमा आत्मनिर्भर बन्न नेपाल औषधी लिमिटेड मार्फत पहिलो चरणमा २० प्रकारका औषधी उत्पादनका लागि पूर्वतयारी गरिएको बताए । उनले संघ र प्रदेशमा गरी कुल ३५ सय शय्या गरिब तथा विपन्न नागरिकका लागि निःशुल्क उपलब्ध गराइएको जानकारी गराए ।



































