२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जिबी राई सहित चार जना बिरूद्ध इन्टरपोलको डिफ्युज नोटिस जारी

884
shares

कास्की । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जिबी राई सहित चार जना विरूद्ध इन्टरपोलको ‘डिफ्युजन नोटिस’ जारी गर्न प्रहरीले पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले राईसहित चार जना विरूद्ध इन्टरपोल मार्फत् डिफ्युजन नोटिस जारी गर्न प्रहरी प्रधान कार्यालय नक्साललाई पत्र लेखेको डिएसपी श्रवणकुमार विकले जानकारी दिएका हुन् । कास्की प्रहरीले पुस ५ गते पत्राचार गरेको हो ।

कास्की प्रहरीले सूर्यदर्शनका पूर्वअध्यक्षद्वय भूपेन्द्र राई, थानबहादुर बुढामगर र पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरूङ विरूद्ध जारी गर्न प्रधान कार्यालयको इन्टरपोल शाखालाई अनुरोध गरेको छ । इन्टरपोल शाखाले यस विषयमा थप कागजात तथा विवरण मगाउने तयारी गरेको छ । सबै प्रक्रिया पुगिसकेपछि उक्त शाखाले इन्टरपोललाई अनुरोध गर्ने जनाएको छ ।

यस मुद्दामा जिबी राईसहित १८ जना फरार छन् । उक्त सहकारीका कोषाध्यक्ष कुमार रम्तेल काठमाडौंबाट पक्राउ परेका थिए । अन्य फरार भएका हुन् । जिबी राई ग्यालेक्सी फोर–केका सञ्चालक समेत हुन् । उनी विरूद्ध अरू सहकारी मार्फत् ठगी गरेको समेत आरोप छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा १ हजार ३६ जनाले उजुरी दिएका छन्। उजुरीअनुसार एक अर्ब ११ करोड रुपैयाँ अपचलन गरेको आरोप छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports