kumari
stcnepal

रौतहटमा एकै परिवारका दुई बालकको निधन

रौतहट । रौतहटमा एकै परिवारका दुई अबोध बालकको निधन भएको छ । जिल्लाको देहाही गोनाही नगरपालिका ५ टिकुलिया टोलका संजय मुखियाको ५वर्षीय छोरा आकास मुखिया र ४ वर्षीय छोरा बिकास मुखियाको ज्यान गएको हो ।

शनिबार बिहान दुबै बालक अचानक बिरामी परेर उल्टि गर्न थालेपछि परिवारका सदस्यहरूले उपचारका लागि गरुडा स्थित निजी अस्पतालमा पु¥याएका थिए । बालकको अवस्था बिग्रीन थालेपछि थप उपचारका लागि बिरगंज स्थित तराई अस्पताल भर्ना गरेका थिए । उपचारको क्रममा शनिबार अबेर राती कान्छो छोरा बिकासको र आइतबार आकसको उपचारको क्रममा ज्यान गएको छ ।

घरमा खेल्दै गरेका अबोध बालकको ज्यान गएको बिषयमा प्रहरीले गहण रुपमा अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले बताएका छन् । मृतक दुबै बालकको शब परीक्षणका लागि नारायणी उपक्षेत्रीय अस्पताल बिरगंजमा राखिएको र घटनाबारे अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

footer