प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रौतहटमा एकै परिवारका दुई बालकको निधन

728
shares

रौतहट । रौतहटमा एकै परिवारका दुई अबोध बालकको निधन भएको छ । जिल्लाको देहाही गोनाही नगरपालिका ५ टिकुलिया टोलका संजय मुखियाको ५वर्षीय छोरा आकास मुखिया र ४ वर्षीय छोरा बिकास मुखियाको ज्यान गएको हो ।

शनिबार बिहान दुबै बालक अचानक बिरामी परेर उल्टि गर्न थालेपछि परिवारका सदस्यहरूले उपचारका लागि गरुडा स्थित निजी अस्पतालमा पु¥याएका थिए । बालकको अवस्था बिग्रीन थालेपछि थप उपचारका लागि बिरगंज स्थित तराई अस्पताल भर्ना गरेका थिए । उपचारको क्रममा शनिबार अबेर राती कान्छो छोरा बिकासको र आइतबार आकसको उपचारको क्रममा ज्यान गएको छ ।

घरमा खेल्दै गरेका अबोध बालकको ज्यान गएको बिषयमा प्रहरीले गहण रुपमा अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले बताएका छन् । मृतक दुबै बालकको शब परीक्षणका लागि नारायणी उपक्षेत्रीय अस्पताल बिरगंजमा राखिएको र घटनाबारे अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports