सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कुवेतका अमिरद्वारा सरकारको राजीनामा स्वीकृत

689
shares

काठमाडौं । कुवेतका अमिर शेख नवाफ अल(अहमद अल(जाबेर अल(सबाहले आइतवार त्यहाँको सरकारको राजीनामा स्वीकृत गरेको कुवेत समाचार एजेन्सी (कुना)ले जनाएको छ।

अमिरले नयाँ मन्त्रिपरिषद् गठन नभएसम्म कामचलाउको रूपमा काम गर्न सोही सरकारलाई निर्देशन दिएका छन् ।प्रधानमन्त्री र मन्त्रीहरूको राजीनामा स्वीकृत भएको छ र कुवेतको नयाँ सरकार गठन नभएसम्म प्रत्येक मन्त्रीले आफ्नो पदमा कायम रहनेछन् ।

प्रधानमन्त्री र मन्त्रीहरूको राजीनामा स्वीकृत भएको छ र कुवेतमा नयाँ सरकार गठन नभएसम्म सबै मन्त्री आफ्नो पदमा रहनेछन् कुनाले जनाएको छ । नोभेम्बर ८ मा कुवेत सरकारले अमिरलाई राजीनामा बुझाएको थियो ।

राजीनामा संसदीय अधिवेशनको पूर्वसन्ध्यामा आएको थियो जसको एजेन्डामा प्रधानमन्त्री र उनको सरकारका धेरै सदस्यहरू विरुद्धका विभिन्न मुद्दाहरू उठाइएका थिए ।

जनवरी २४ मा, अमिरले शेख सबाह खालेद अल(हमद अल(सबाहलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

पछिल्लो समय कुवेतमा बारम्बार मन्त्रिपरिषद् हेरफेर भइरहेको छ । राससबाट

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports