linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेस जे गर्दैन त्यो बोल्छ, जे गर्दछ त्यो बोल्दैन

767
shares

 

काठमाडौ । सत्ताको प्रमुख घटक नेपाली कांग्रेस यस्तो पार्टीहो जसले जे भन्यो त्यो गर्दैन र जे गर्दिन भन्यो त्यही गर्दछ भने अहिले राष्ट्रिय सभाका उम्मेदवारको उम्मेदवारीमा प्रष्ट पारेको छ । कांग्रेसको पुस १५ गते बसेको केन्द्रीय समितिको बैठकले निर्वाचनमा हारेका र पटक पटक अवसर पाएकालाई यस पटक उम्मेदवार नबनाउने संस्थागत निर्णय गरेको थियो । तर सो निर्णयको मसी सुक्न नपाउँदै उसले आफैँले गरेको निर्णय विपरित आफू अनुकूल नेताहरुलाई चलाखीपूर्ण तवरले उम्मेदवार बनाएको छ । उम्मेदवारको छनोट गर्दा चुनाव हारेका र पटक पटक अवसर पाएका नेताहरु नै दोहोरिएका छन् । कांग्रेसका १० उम्मेदवार मध्येका आधा पटक पटक अवसर पाएकालाई नै उम्मेदवार बनाएको छ ।
कोशी प्रदेशमा झापा निर्वाचन क्षेत्र ३ बाट चुनाव हारेका कृष्ण प्रसाद सिटौलालाई राष्ट्रियसभाको उम्मेदवार बनाउने गरी कांग्रेसले क्लस्टर रोजेको थियो । सिटौलालाई कांग्रेसले राष्ट्रिय सभाको सदस्य बनाउने र फागुन २० पछि राष्ट्रियसभाको अध्यक्ष बनाउने रणनीति लिएको छ । कांग्रेसको सो रणनीतिलाई माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले समेत सहयोग र समर्थन गरेका छन् । अब फागुन २० पछि सिटौला राष्ट्रियसभाको अध्यक्ष बन्ने निश्चित जस्तै रहेको छ । कांग्रेसले सत्ता गठबन्धनमा रहेका दलहरुसँग सल्लाह नै नगरी पहिला आफूले अनुकूल रोजेर बाँकीमा माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीलाई सिट दिएको थियो ।
उम्मेदवार चयनमा पार्टीका सभापति शेर बहादुर देउवाको चलाखी बुझेपछि संस्थापन इतर पक्षले विरोध गरेपनि सफल हुन सकेनन् । मापदण्ड, कल्ष्टर र व्यक्तिका विषयमा इतर पक्षले विरोध गरेपनि इतर पक्ष सफल हुन सकेन । त्यसको एउटै कारण थियो देउवालाई प्रधानमन्त्री दाहालको पूर्ण सहयोग र समर्थन हुुनु । प्रधानमन्त्री दाहाल कांग्रेसभित्र समेत खेल्न सफल भएका थिए । इतर पक्षले ४ सिट मागेको भएपनि देउवाले उनीहरुलाई तीन सिटमै चित्त बुझाउनु बाध्य बनाएका थिए ।
सभापति देउवाले आफूमाथि अन्याय गरेको भन्दै गोपालमान श्रेष्ठले आरोप लगाएका र सभापतिलाई अप्ठ्यारो पर्दा सँधै सहयोग गर्दै आएको भएपनि अहिले आफूमाथि षड्यन्त्रपूर्ण ढँगले अन्याय गरेको बताएपछि सभापति देउवाले श्रेष्ठलाई उपर्युक्त स्थानमा नियुक्ति गर्ने आश्वासन दिएको कांग्रेसकै नेताहरुले बताएका छन् । यसरी कांग्रेसले जे गर्दैन त्यो बोल्छ र जे गर्दछ त्यो बोल्दैन भन्ने कांग्रेसका नेताहरुले सभापति देउवामाथि आरोप लगाएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports