विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मेलम्ची खानेपानी वितरणको समस्या समाधानका लागि सहजीकरण समिति गठन

481
shares

काठमाडौं । मेलम्ची खानेपानी वितरणको समस्या समाधानका लागि सरकारले सहजीकरण समिति गठन गरेको छ ।

मन्त्रीस्तरको निर्णय अनुसार समस्या समाधानका लागि मेलम्ची खानेपानी विकास समितिका सीडीई पदमबहादुर कुँवरको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको हो । समितिको सदस्यहरूमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का उपप्रवन्धक उमेशबाबु मरहट्ठा, आयोजना कार्यान्वयन निर्देशनलायका सीडीई विकेश बधानथ्याचे र केयूकेएलकै दिपेश ढकाल रहेका छन् ।

मेलम्चीको पानी हाल परीक्षण भएका नयाँ र पुरानै वितरण लाइनबाट वितरण गरिएको छ । ती लाइनबाट सन्तुलित रुपमा पानी वितरण तथा चुहावट भए/नभएको, धमिलो पानी आएको बारेमा समितिले अनुगमन गर्नेछ । पुराना लाइनबाट लामो समय पानी वितरण नहुँदा माटो जमेकोले प्रारम्भिक चरणमा पानी धमिलो आउने समस्या देखिएको छ भने केही ठाउँमा वितरण प्रणाली कमजोर हुँदा चुहावट भइरहेको छ । मेलम्ची खानेपानी विकास समितिले यसको समाधान गर्ने जनाएको छ ।

समितिले पानी सुन्दरीजलमा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार प्रशोधन गरी वितरण गरिएको तर पुराना लाइनका कारण धमिलो आएकोले केही शंका नगर्न समेत अपिल गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports