दलतन्त्रमै रमाउन थाले प्रधानमन्त्री दाहाल
वि.सं.२०८० माघ ४ बिहीवार १६:४३
shares
sf7df8f}F, !% h]7M /f;;;Fu k|d bfxfn k|wfgdGqL k'iksdn bfxfn k|r08Ú /f;;nfO{ cGt/jftf{ lbg''x'Fb} . tl:a/M k|bLk/fh jGt÷/f;;
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल पार्टी अध्यक्ष भएको ३५ वर्ष भन्दा बढी भइसकेको छ । नेपालको इतिहासमै उनी सबै भन्दा बढी पार्टी नेतृत्वमा बस्ने व्यक्ति भएका छन् । उनी तेस्रो पटक अनेक जालझेल गर्दै प्रधानमन्त्री बन्न सफल भएपनि उनको एक वर्षे कार्यकाल जनताको लागि उत्साहजनक हुन नसकेको उनी आफैँले स्वीकरा गरिसकेका भएपनि अब उत्साहजनक कार्य गर्ने बताउँदै आएका छन् ।
बिहानीले दिउसोको संकेत गर्दछ भन्ने उखानलाई हेर्ने हो भने प्रधानमन्त्री दाहालले आफ्ना आसेपासे र उनको गुटको पछि लाग्ने बाहेक अरुलाई केही गर्न सक्ने अवस्था नै देखिँदैन ।
मुलुक अप्ठ्यारो अवस्थामा पुगेको बेला उनी विदेश भ्रमणमै रमाउन थालेका छन् । एकवर्षेै कार्यकालमा उनी अमेरिका, चीन, भारत, दुबई र युगण्डाको भ्रमण गरी सकेका छन । मुलुकको आर्थिक अवस्था नाजुक रहेको बेला जम्बो टोली लिएर उनी विदेश भ्रमणमा गएका छन् । प्रधानमन्त्रीको निजी सचिवालयमा विज्ञहरुलाई सल्लाहकार राख्नुको बदला आफ्नै पार्टीका तल्लो तहका कार्यकर्ता र आफ्नै छोरीलाई जागिर दिएका छन् भने प्रधानमन्त्रीको निजी सचिवालयमा राखिएका व्यक्तिहरु केही त आठ कक्षा पास गरेका मात्र छन् । उनीहरुबाट प्रधानमन्त्रीले कस्तो सल्लाह लेलान् त ?
लोकतन्त्र भनेको देशको मूल कानुन र त्यस अन्र्तगत बनेका कानुनका आधारमा सञ्चालित हुनुपर्ने हो, यहि नै विश्वव्यापी सिद्धान्त पनि हो । तर हामीकहाँ भने लोकतन्त्र भन्दा दलतन्त्रलाई माथि राखेर मुलुक सञ्चालन गर्ने प्रयासमा प्रधानमन्त्री दाहाल नै सक्रिय भएका छन् ।
लोकतन्त्रले सबै नागरिक वर्ग समुदाय र राष्ट्रिय हित अनि सम्वैधानिक सर्बोच्चता र विधिको शासनको कुरा गर्दछ । अहिले हामीकहाँ भने दलतन्त्र र लोकतन्त्रको भेद छुटिन छाडेको छ । लोकतन्त्र र दलतन्त्रलाई बुझिने गरी सैद्धान्तिक विचलनमा सरकार पुगेपछि प्राय सबै दलले आफ्ना नेता र कार्यकर्ताका व्यवस्थापनको कुरालाई प्राथमिकता दिने गरेका हुनाले ठेक्कापट्टा, बन्द व्यापार, उद्योगधन्दा, कलकारखाना, उद्योगपति, व्यापारी पुँजीपति सबै सत्तारुढ दलका नेताहरुको चाकरी र सेवागर्न बाध्य पारिएका छन् । जुन दल सत्तामा रहेको छ, त्यही दलको पछि लाग्ने व्यक्ति स्वार्थ समूहको व्यवसाय चम्किने गरेको छ ।
सत्तारुढ दलको चाकरी चाप्लुसी नगरि बौद्धिक समूह समेत स्वदेशमा बस्न नसक्ने अवस्था दलतन्त्रले उत्पन्न गरेको हुनाले आज बौद्धिक समूह समेत विदेशिन बाध्य पारिएका छन् ।
अहिले यो बाध्यताले गर्दा निश्चित वर्ग, समूह, व्यक्तिहरु जुन दल सत्तामा छ, त्यही दलको समर्थन गर्न र चाकरी गर्न लिप्त हुने गरेका छन् । यसैलाई भनिन्छ क्रोजि क्यापिटालिजम वा आसेपासे पुँजीवाद । यी आसेपासेहरुको चरित्र दलाल प्रवृत्तिको हुन्छ । अर्को शब्दमा यसलाई दलाल पुँजीवादको विरोधी भएको माला प्रधानमन्त्रीले जपिरहेका छन् तर, व्यवहारमा उनी दलाल पुँजीवादका नायकहरुको चँगुलमा फसेका छन् र फस्दै गएका छन् ।
यसरी एकतर्फ लोकतन्त्रलाई दलाल पुँजीवाद र अर्कोतर्फ दलतन्त्रको कैद लोकतन्त्रलाई बनाएको परिणाम स्वरुप हाम्रो लोकतन्त्रले लोकतन्त्र र कल्याणकारी र आम नागरिकको चाहना स्वार्थलाई संरक्षण गर्न नसक्ने अवस्थामा पुग्दै गएको छ । लोकतन्त्रमाथि दलतन्त्र हावी भैरहने हो हो भने यो दलतन्त्रले लोकतन्त्रलाई नै समाप्त पारिदिने निश्चित जस्तै भएको छ ।
त्यही कारणले गर्दा अब दलतन्त्रको अन्त्य गरी लोकतन्त्रलाई बलियो र स्वचालित बनाउन आवश्यक रहेको छ । दलतन्त्रलाई लोकतन्त्रको अधिनमा राख्नु अहिलेको अपरिहार्य आवश्यकता हो । लोकतन्त्र भित्र दलतन्त्र बाँच्न सक्छ तर दलतन्त्र भित्र लोकतन्त्र बाँच्न सक्दैन । यो सत्य वास्तविकतालाई प्रधानमन्त्री दाहाल र राजनीतिक दलका शिर्ष नेताहरुले स्वीकार गरेर त्यसै अनुरुप अघि नबढेको खण्डमा दलतन्त्रको शिकार लोकतन्त्र हुने निश्चित रहेको छ ।
दलका कार्यकर्ताहरुले जहिले सुकै नेताहरुलाई सहयोग र समर्थन गरिरहेका हुन्छन् तर नेताहरुले तिनै कार्यकर्तालाई देखाएर जहिले पनि अवसर लिइरहेका हुन्छन् । पटक पटक उनीहरुले अवसर लिएका हुन्छ तर कार्यकर्ताहरुले त्यस्तो अवसर नै पाउँदैनन् भन्ने प्रमाण त अहिले दलहरुले राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बनाएका नेताहरुलाई नै हेरे थाहा हुन्छ । उदाहरणका लागि कांग्रेसले उम्मेदवार बनाएका कृष्णप्रसाद सिटौलालाई नै हेरे पुग्छ ।
उनी २०४७ सालदेखि राजनीतिमा प्रवेश गरेका व्यक्ति हुन् । २०४७ सालको राजनीीतक परिवर्तन पछि उनी पटक पटक गृहमन्त्री सहित अनेक मन्त्री बने । निर्वाचनमा टिकट पाए अनेक अवसर पाए तर उनी भन्दा अगाडि राजनीतिमा प्रवेश गरेका कांग्रेसका सयौँ नेताहरुले आजसम्म कुनै अवसर नै पाएका छैनन् । कांग्रेसको केन्द्रीय समितिले चुनाव हारेका र पटक पटक अवसर पाएका नेतालाई राष्ट्रिय सभाको उम्मेदवार नबनाउने निर्णय ग¥यो । तर त्यो निर्णयको मसी सुक्न नपाउदै सिटौलालाई उम्मेदवार बनाइयो । त्यसैलाई भनिन्छ लोकतन्त्रमाथि दलतन्त्र हावी भयो भनेर ।
पछिल्लो समयमा प्रधानमन्त्री दाहाल सहितका अन्य दलका नेताहरु लोकतन्त्रमाथि खतरा रहेको बताउन थालेका छन् । तर उनीहरुले को बाट लोकतन्त्रमाथि खतरा रहेको बताउन सकेका छैनन् । अहिलेका राजनीतिक दलका नेताहरुको चरित्र हेर्दा लोकतन्त्रमाथि कहाँ कतै बाट खतरा छन् भने दलतन्त्रबाट खतरा रहेको छ यी नै दलका नेताहरुबाटै खतरा रहेको छ । लोकतन्त्रलाई देखाएर दलहरुले आफ्नो स्वार्थ पूरा गरिरहेको र जनतालाई झुक्याईरहेका छन् ।
जनताले सत्ता मागेका छैनन् उनीहरुले त आफूहरुले पाउनुपर्ने सेवा सुविधा सहज रुपमा पाउनुप¥यो, रोजगारी पाउनुप¥यो, महंगी, अन्याय, अत्याचार हुनु भएन भन्ने माग मात्र गरिरहेका छन् तर रोजगारी माग्नेलाई तातो गोली हानेर मार्ने गरिएको छ । न्याय माग्नेलाई पक्राउ गरिन्छ अनि सत्तमा बस्नेहरु बर्बराउन थाल्छन् लोकतन्त्रमाथि खतरा छ भनेर । दाहाल सरकरको काम काबारहीले गर्दा प्रष्ट हुन्छ यो सरकार पनि जनताका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मत’ जस्तै भएको छ भनेर । दलतन्त्रले लोकतन्त्रकै अधिकार खासेकाले गर्दा जनता पिडित भएका हुन्÷छन् ।



































