kumari
stcnepal

हिमालयन रिको पौने दुई अर्वको कारोवार, कति पुग्यो मूल्य ?

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स सर्वाधिक सेयर कारोबार भएको छ । बिहीबार कम्पनीको पौने दुई अर्ब बराबरको सेयर खरिदबिक्री भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज कम्पनीको १ अर्ब ८४ करोड ४२ लाख ३७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । नेप्सेका अनुसार आज कम्पनीको ३० लाख ४४ हजार ७०२ कित्ता सेयर खरिदबिक्री भएको हो । साताको अन्तिम कारोबार दिन कम्पनीको सेयर मूल्य भने पनि उच्च दरमा वृद्धि भएको छ ।

आज कम्पनीको सेयर मूल्य ८.४४ प्रतिशत अर्थात प्रतिकित्ता ५० रुपैयाँ ८० पैसाले बढेको छ। योसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता आज ५६३ रुपैयाँ पुगेको छ ।

footer