kumari
stcnepal

भीड तथा दंगा नियन्त्रणमा घातक हतियारको प्रयोग गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी

काठमाडौं । सर्वोच्च अदालते भीड तथा दंगा नियन्त्रणमा घातक हतियारको प्रयोग गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश डा. कुमार चुडालको इजलासले दंगा र भीड नियन्त्रणमा घातक हतियार प्रयोग भएको रिट निवेदन माथि लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

शान्तिपूर्ण रुपमा हुने प्रदर्शन, भीड र दंगाहरुमा सु्रक्षाकर्मीले घातक हतियार प्रयोग गरी नागरिकको ज्यान गएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । उनले घातक हतियारमा रोक लगाउन आदेशको माग गरेका छन् । अनि शान्तिपूर्ण प्रदर्शनमा धातुको गोली (मेटल बुलेट) प्रयोगमा रोक लगाउनुपर्ने आदेश हुनुपर्ने भनेका छन् । विहीबार उनको निवेदन माथि प्रारम्भिक सुनुवाइपछि कारण देखाउ आदेश जारी भएको हो ।

footer