२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भीड तथा दंगा नियन्त्रणमा घातक हतियारको प्रयोग गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी

780
shares

काठमाडौं । सर्वोच्च अदालते भीड तथा दंगा नियन्त्रणमा घातक हतियारको प्रयोग गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश डा. कुमार चुडालको इजलासले दंगा र भीड नियन्त्रणमा घातक हतियार प्रयोग भएको रिट निवेदन माथि लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

शान्तिपूर्ण रुपमा हुने प्रदर्शन, भीड र दंगाहरुमा सु्रक्षाकर्मीले घातक हतियार प्रयोग गरी नागरिकको ज्यान गएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । उनले घातक हतियारमा रोक लगाउन आदेशको माग गरेका छन् । अनि शान्तिपूर्ण प्रदर्शनमा धातुको गोली (मेटल बुलेट) प्रयोगमा रोक लगाउनुपर्ने आदेश हुनुपर्ने भनेका छन् । विहीबार उनको निवेदन माथि प्रारम्भिक सुनुवाइपछि कारण देखाउ आदेश जारी भएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports