दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग
वि.सं.२०८० माघ १४ आइतवार ०७:३८
shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा आवेदन माग गरेको छ ।
३० वर्ष पूरा भई ६५ वर्ष ननाघेकाले अध्यक्षका लागि आवेदन दिन सक्नेछन् ।एमडीएमएस र टेरामक्स लगायतका प्रणाली खरिदमा अनियमितता भएको प्रश्न उठेपछि अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका थिए । उनको राजीनामासँगै पद खाली रहेको थियो ।




































