गत भाद्र २३ गते जेनजीहरुले गरेको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जिवि राई बिरूद्ध इन्टरपोलले जारी गर्यो डिफ्युज नोटिस

728
shares

काठमाडौं। सहकारी ठगीमा फरार रहेका आरोपी जीबी राई विरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना अभियोग लागेका ग्यालेक्सी टेलिभिजनका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ । इन्टरपोलले शुक्रबार राईलाई डिफ्युजन नोटिस जारी गर्दै विश्वका प्रहरीहरुको फरार सूचीमा राखेको हो ।

सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्षसमेत रहेका राईविरुद्ध सहकारीको रकम हिनामिनासम्बन्धी मुद्दामा कास्की प्रहरीले डिफ्युजन नोटिसको प्रक्रिया अघि बढाइदिन प्रहरी प्रधान कार्यालयलाई अनुरोध गरेको थियो । त्यसपछि प्रहरी प्रधान कार्यालयले राई विरुद्ध नोटिस जारीका लागि इन्टरपोललाई २ साताअघि मात्रै पत्राचार गरेको थियो । कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जीबीविरुद्ध डिफ्युजन नोटिस जारी भएको पुष्टि गर्नुभयो । ‘नोटिस जारी भएर आएको छ । योसँगै नोटिस जारी भएका व्यक्ति इन्टरपोलको सदस्य राष्ट्रका प्रहरीको फरार सूचीमा समेटिएका छन,’ थापाले भन्नुभयो । राईसहित सूर्यदर्शनका पूर्वअध्यक्षद्वय भूपेन्द्र राई र हालका अध्यक्ष थानबहादुर बुढामगरविरुद्ध नोटिस जारी गर्न अनुरोध गरेकोमा उनीहरुको हकमा निर्णय भइसकेको छैन । जिल्ला प्रहरी कार्यालय कास्कीले पुस ५ मा जीबी, भूपेन्द्र र थानबहादुर बुढाविरुद्ध नोटिस जारी गर्न पत्र पठाएको थियो । राईसहित १९ जनाविरुद्ध सहकारीको १ अर्बभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । मुद्दाका मुख्य अभियुक्त नै फरार हुँदा बचतकर्ताको रकम कसरी असुल हुने भन्नेमा अन्योल छ ।

स्रोतका अनुसार फरार २०८० असोज १८ मै जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सहकारीका वर्तमान र पूर्वपदाधिकारीरसञ्चालक तथा कर्मचारीसहित १९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । रकम हिनामिनाबारे सुरुमा पोखरा महानगरपालिकाले छानबिन गरी थप अनुसन्धानका लागि कास्की प्रहरीमा जाहेरी दिएको थियो । महानगरको छानबिनकै क्रममा अभियुक्तमध्येका कतिपय सम्पर्कविहीन बनेका थिए । प्रहरीले रकम हिनामिना प्रकरणमा सहकारी ऐन र मुलुकी अपराध संहिताको ठगीसम्बन्धी कसुरमा कास्की अदालतबाट साउन ४, असोज २ र असोज ७ मा पक्राउ अनुमति लिएको थियो । अदालतबाट अनुमति पाएका बखत आरोपितहरू काठमाडौंलगायत जिल्लामा लुकेर बसेको र पक्राउ गरी बुझाइदिन कास्की प्रहरीले कात्तिक १० मा प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको थियो । कास्की प्रहरीले प्रहरी प्रधान कार्यालयलाई पत्र पठाउँदा अभियुक्तहरू काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न ठाउँमा लुकेर बसेको आशंका थियो । तर, कुमार रम्तेलबाहेक कोही पनि आरोपित पक्राउ परेका थिएनन् । पछिल्लो समय प्रहरीले खोजीलाई तिब्र बनाएपछि थप२ जना पक्राउ परेकामा अझै १६ जना फरार छन् ।

फरार जिवी राईले रास्वपाका अध्यक्ष रवि लामिछानेसँग मिलेर टेलिभिजन सञ्चालन गरेका थिए । टेलिभिजन सञ्चालनकै क्रममा उनको समुहले सहकारीबाट करोडौं रकम लिएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports