गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रावलले एमाले अध्यक्षमा उम्मेद्वारी दिने

715
shares

काठमाडौं।नेकपा एमालेक उपाध्यक्ष भीम रावलले दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्षका लागि उम्मेद्वारी दिने भएका छन्।

आज आइतबार दिउँसो ३ बजे काठमाडौंमा पत्रकार सम्मेलन गरि रावलले आफ्नो उम्मेद्वारी सार्वजनिक गर्न लागेको उनी निकट स्रोतले बतायो।

‘तीन बजे उहाँको उम्मेद्वारी घोषणा हुँदैछ। त्यसकै लागि परामर्श गरिरहनुभएको छ,’ स्रोतले भन्यो, ‘आफ्नो टीमसहित हुन्छ या उहाँले मात्रै गर्नुहन्छ भन्ने कुरा त्यतिबेलै थाहा हुन्छ ,रावलले यसअघिनै प्रष्ट नभने पनि अनौपचारिक रुपमा कार्यकर्तासँग परामर्श गरेका थिए।

दस बुँदे सहमति कार्यान्वयन नभएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग रावलको सम्बन्ध बिग्रिएको छ। दस बुँदे कार्यान्वयन गर्न असहयोग गरेको भन्दै रावलले कार्यदलबाटसमेत राजीनामा दिएका थिए।

एमालेमा पार्टीभित्रको अन्तरसंघर्षका क्रममा रावल माधव नेपाल समूहमा थिए। तर माधव नेपालले नयाँ पार्टी गठन गरेपछि रावल एमालेमै बसेका हुन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports