kumari
stcnepal

आइएमईलाई एसोसीओ अवार्ड

 

काठमाडौँ । आइएमई डिजिटल सोलुसनले अन्तर्राष्ट्रियस्तरको एसोसीओ अवार्ड प्राप्त गरेको छ ।एशिया–ओशियान क्षेत्रका दुई दर्जन देशको संलग्न रहेको एशियन–ओशियान कम्प्युटिङ इन्ड्रष्ट्री (एसोसीओ) को ‘आउटस्टान्डिङ युजर अर्गनाइजेसन अवार्ड’ प्राप्त गरेको हो । क्यान महासंघ (क्यान)ले गरेको एक कार्यक्रममा आइएमई डिजिटल सोलुसनका अध्यक्ष हेमराज ढकाललाई उक्त पुरस्कार प्रदान गरियो ।
एसोसीओले दुई हप्ताअघि बंगालादेशमा विशेष कार्यक्रम गरेर विभिन्न क्याटेगोरीमा पुरस्कार विजेताहरु घोषणा गरेको थियो । उक्त कार्यक्रममा आईएमई ‘आउटस्टान्डिङ युजर अर्गानाइजेसन अवार्ड’ पाएको घोषणा गरिएको थियो ।

ओसोसीओ एसियन क्षेत्रका जापान, सिंगापुर, भारत, बंगालादेशलगायतका २४ वटा देश सदस्य रहेको छाता संगठन हो । उसले हरेक वर्ष यी देशमा सञ्चालनमा रहेका सूचना प्रविधि क्षेत्रमा काम गर्ने संघसंस्थाको कामलाई मूल्यांकन गरे पुरस्कार दिने गर्छ ।
संस्थाले यो अवार्डको नोमिनेसको संस्थामा आवद्ध देशबाट आवेदन आह्वान गर्छन् । उक्त आह्वानको आधारमा नेपालबाट क्यानले आवेदन दिन माग गरेको थियो ।

footer