linktrix Long Ad
Salt Trading Long Ad

बालमन्दिरको जग्गा भाडा प्रकरण : बैद्यमाथि छानविन

767
shares

 

काठमाडौ । २०४६ सालको राजनीतिक परिवर्तनपछि सबै भन्दा बढी सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेस सत्तामा पुगेपछि भ्रष्टाचारमा संलग्न हुने गरेका धेरै उदाहरणहरु भेटिएका छन् । उद्योगधन्दा निजीकरका नाममा कौडीको भाऊमा बेचिएका छन् भने कांग्रेसका नेताहरु भ्रष्टाचारमा डुबेका छन् । सत्ता नपाई बाहिर बस्नै नसक्ने अवस्थामा कांग्रेस पुगेको छ ।
केही समय पहिला सत्ता गुमाएको कांग्रेस यतिबेला फेरी जसरी भएपनि सत्तामा पुग्ने रणनीतिक उदेश्यका साथ अघि बढेको जस्तो देखिएको छ । कांग्रेसले आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरु भ्रष्टाचारका मामिलामा कारबाही गर्न सक्ने डरले गर्दा सरकारको विरोध गरिरहेको छ ।
कांग्रेसकै नेतृ एवं स्व. गणेशमान सिंहकी छोरी रिता सिंह बैद्य बालमन्दिरको अध्यक्ष रहेका बेला बाल मन्दिरको जग्गा सरकारको नियम विपरित एक निजी स्कूल बृहस्पति सदनलाई ५२ वर्षका लागि भाडामा दिने निर्णय गरेकी थिइन् । जबकि नेपालको कानुन अनुसार सरकारी जग्गा भाडामा दिनुपर्दा सरकारको स्वीकृत्तिमा बढीमा ३० वर्षका लागि दिन सकिने व्यवस्था रहेपनि विशाल गु्रपद्वारा सञ्चालित उक्त स्कूललाई कौडीको मूल्यमा ५२ वर्षसम्मका लागि भाडामा दिनु सरासर भ्रष्टाचार हो ।
बालमन्दिरको नाममा रहेको २८ रोपनी जग्गामा अहिले बृहस्पति शिक्षा सदन राई स्कूल लगायतका संस्थाले उक्त जग्गा प्रयोग गरिरहेका छन् । उक्त जग्गालाई बैँकमा धितो राखेर विशाल ग्रुपबाटै सञ्चालित भएको एनआइसी एसिया बैकबाट ठुलो मात्रामा ऋण लिएको पाइएको छ । सरकारी जग्गा भाडामा दिँदा सरकारको स्वीकृत्ति चाहिने र सो जग्गा बैँकमा धितो राख्न नपाइने कानुनी व्यवस्था भएपनि त्यसलाई अध्यक्ष रितासिंह बैद्यले उल्लघन गर्दै त्यस्तो गैरकानुनी निर्णय गरेकी हुन् ।
बालमन्दिरको जग्गा सम्बन्धमा समाचारहरु प्रकाशित र प्रसारित भएपछि सो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिहेको र अनुसन्धनमा व्यापक रुपमा अनियमितता भएको भेटिएको अख्तियार सूत्रले बताएको छ । त्यस विषयमा अख्तियारले अध्यक्ष बैधलाई बयान लिन बोलाउँदा उनी आफूँ विरामी भएको भन्दै बयान दिन इन्कार गरिरहेका भएपनि तत्कालिन बालमन्दिरका कार्यसमिति सबै सदस्यहरुले बयान दिन सकेको सूत्रले दाबी गरेको छ । गणेशमानकी छोरी हुन् भन्दैमा भ्रष्टाचारमा उनी उम्किनु हुँदैन भन्ने आम जनताको भनाई रहेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports