kumari
stcnepal

अब विदेशबाट आउँदा क्वारेन्टाइन बस्नुनपर्ने

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले अध्यागमन विभागले गरेको निर्णयमा हस्तक्षेप गरेको छ । सीसीएमसीको क्षेत्राधिकारको विषय रहेकाले अध्यागमन विभागले गरेको निर्णय तत्काल रोकिएको हो ।
शुक्रबार मात्रै अध्यागमन विभागले एक सूचना जारी गरी विभिन्न ६७ मुलुकबाट नेपाल आउँदा ७ दिन अनिवार्य आफ्नै खर्चमा होटेल क्वारिन्टिनमा बस्नुपर्ने सूचना निकालेको थियो । तर, आज (शनिबार) अध्यागमनले आफ्नो साइटमा सूचना जारी गर्दै उक्त निर्णय तत्कालका लागि स्थगित गरिएको जनाएको छ ।

निर्णय स्थगित गरिएको बारे कारण नखुलाइएको छैन । तर, अर्को सूचना नहुँदासम्मका लागि विदेशबाट आउने यात्रुहरूले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने छैन ।

 

यसअघि शुक्रबारको सूचनामा मन्त्रिपरिषद्को मंसिर १३ को निर्णयअनुसार भन्दै जोखिमयुक्त मानिएका ६७ देशबाट नेपाल प्रवेश गर्ने यात्रुले सात दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने भनिएको थियो ।

ती देशबाट आएका यात्रुले आरटी–पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने छ । नतिजा नेगेटिभ आएपछि पनि ७ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने र पोजेटिम रिपोर्ट आएमा भने तोकिएको आइसोलेसन केन्द्र वा अस्पताल पठाइने विभागले जनाएको थियो ।

footer