kumari
stcnepal

बाढीका कारण इराकमा दुई नेपालीको मृत्यु

 

काठमाडौ । इराकको स्वशासित राज्य कुर्दिस्तानमा गत शुक्रबार बाढीले बगाउँदा दुई नेपालीको मृत्यु भएको बुझिएको छ । अन्तराष्ट्रिय समाचार एजेन्सीले जनाएअनुसार बाढीमा परेर दोलखाका पाल्देन शेर्पा र मोरङका औराज राईको मृत्यु भएको हो ।
कुर्दिस्तान नेपाली समाजका अनुसार कुर्दिस्तानको अर्विलमा बाढीले शेर्पा र राई सवार सवारी साधनलाई बगाउँदा दुवै जनाको ज्यान गएको हो । इराकमा आएको अविरल वर्षापछि आएको बाढीले अर्विललगायतका क्षेत्रहरुमा ठूलो क्षति पुगेको छ ।
मृतक शेर्पा एक हप्ता र राई एक महिना अगाडि मात्रै इराक पुग्नुभएको थियो । उहाँहरु कार्यरत कम्पनीमा सहकर्मीहरुले नेपालमा शव पठाउनुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै शुक्रबार काम रोकेका छन । कम्पनीले शवको व्यवस्थापन र उचित क्षतिपूर्ति दिने आश्वासन भने दिएको छ ।

footer