linktrix Long Ad
Salt Trading Long Ad

जनताको ढाड सेक्दै आयल निगम

1.6K
shares

 

काठमाडौ । नेपाल आयल निगमले अत्यावश्यक पेट्रोलियम पदार्थको विक्रि वितरण गर्ने एकाधिकार पाएको छ । निगमले उपभोक्ताको ढाड सेक्ने गरी विक्रि मूल्य तोक्नु सरासर गलत हो । निगम घाटामा जाँदा मूल्य बृद्धि गर्ने र नाफामा जाँदा उपभोक्ताहरुलाई राहत दिनुपर्ने ? त्यसो गरिए राहत दिनुको सट्टा नाफा बढाउँदै जानु न्यायसँग हुन सक्दैन । यस्तो कार्यले गर्दा जनतामा निगम प्रति आक्रोश बढ्न सक्छ । जनताले बढी मूल्य तिरेर पेट्रोलियम पदार्थको उपभोग गरेकै कारण निगम नाफामा गएको प्रष्ट भएको छ ।
निगमका प्रबन्ध निर्देशक चण्डिका प्रसाद भट्ट अहिले गर्व गरिरहेका छन् मैले निगमलाई नाफामा लगेँ भनेर । त्यो सरासर गलत हो उनले निगमलाई नाफामा लगेका होइनन् जनताले महंगो मूल्यमा पेट्रोलियम पदार्थको प्रयोग गरिदिएपछि निगम स्वत नाफामा गएको हो । प्रबन्ध निर्देशकका कारण निगम नाफामा गएको होइन । यसअघि पनि अहिलेका प्रबन्ध निर्देशक निगममा प्रबन्ध निर्देशक भएका थिए त्यसबेला किन उनले निगमलाई नाफामा लैजान सकेनन त ? यस्तो झुठ बोलेर जनतालाई भ्रममा राख्ने प्रबन्ध निर्देशकले त्यसको उत्तर दिनुपर्दछ कि पर्दैन ?
अहिले संसदको अधिवेशन चलिरहेको छ । निगमले जनताको ढाड सेक्ने गरी नाफा बढी राखेर पेट्रोलियम पदार्थ विक्रि वितरण गरिरहेको हुनाले अब संसदले त्यस्को वास्तविकता के हो भनेर खोजिविन गर्न आवश्यक रहेको छ । संसद भनेको जनताका समयाको समाधान गर्ने थलो भएकाले निगमले गर्ने गरेको पेट्रोलियम पदार्थको मूल्य उचित छ कि छैन भनेर छानविन गरि जनतालाई राहत दिलाउन संसद सक्रिय हुनुपर्ने टड्कारो आवश्यकता देखिएको छ । जनता निरिह छन् हामीले जे गर्दा पनि हुन्छ भन्ने प्रवृत्तिमा सरकार र निगम लागेको हुनाले अब संसद नै सक्रिय हुनु आवश्यक रहेको छ ।
निगमले पेट्रोल, डिजेल, मट्टितेल, ग्यास, हवाई इन्धन लगायतका पेट्रोलियम पदार्थको कारोबार गर्दछ । ग्यास बाहेक अन्य सबै पेट्रोलियम पदार्थमा नाफा छ भने त्यो नाफालाई हेरेर निगमले किन ग्यासको प्रयोग गर्ने घरायाशी उपभोक्तालाई सहुलियत दरमा ग्यास उपलब्ध गराउन सक्दैन । यस वर्ष निगमले ८ अर्ब ३४ करोड नाफा गर्ने उदेश्य राखेको छ नाफा गर्ने उदेश्यले जनताको ढाड सेक्न पाइँदैन । भारतमा भन्दा बढी मूल्य राखेर तेल बेच्न पाइँदैन । त्यसैले यस विषयमा सम्बन्धित निकाय गम्भीर हुनैपर्दछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports