linktrix Long Ad
Salt Trading Long Ad

सुनको मूल्यमा आज नयाँ रेकर्ड कायम

702
shares

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढ्दै १ लाख ५६ हजार ३०० रुपैयाँ पुगेको हो ।

जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको थियो । पछिल्लो समय सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धिका साथै आन्तरिक बजारमा सुनको भन्सार बढाइएका कारण मूल्यमा प्रभाव देखिएको बताइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports