सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अझै प्रयोगमा आएन खाद्य प्रयोगशाला

429
shares

काठमाडौं- भारतीय राजदूतावासको आर्थिक सहयोग तथा जिल्ला विकास समिति काठमाडौंको समन्वयमा नेपाल खाद्य संस्थानको भद्रकालीस्थित केन्द्रीय कार्यालयमा स्थापना भएको खाद्य प्रयोगशाला स्थापनाको ४ वर्ष बित्दा समेत सञ्चालनमा आउन सकेको छैन। प्रयोगशाला निर्माणका लागि दूतावासले करिब ५ करोड रुपैयाँ अनुदान रकम सहयोग गरेको थियो।

उक्त प्रयोगशाला निर्माण सम्पन्न भएर दूतावासले नेपाललाई हस्तान्तरण गरेको पनि एक वर्षभन्दा बढी समय भइसकेको छ। तर, प्रयोगशाला सञ्चालनमा भने सम्बन्धित निकायले कुनै चासो देखाएको छैन। अत्याधुनिक प्रविधिसहितका उपकरणहरुमा खिया लाग्न थालेको छ।

बजारमा आउने खाद्य पदार्थमा मिसावटको अवस्था र गुणस्तर परीक्षणका लागि उक्त प्रयोगशाला निर्माण गरिएको थियो। प्रयोगशालामा एकै ठाँउबाट सबैखालका खाद्यवस्तुको परीक्षण गर्न सकिने गरी दूतावासले उपकरण उपलब्ध गराएको थियो।

खाद्य पदार्थमा हुने विभिन्न प्रकारका विषादी, रासायनिक पदार्थको अध्ययन अनुगमनका साथै खाद्यजन्य रोगव्याधि, मिसावट, दुषित खाद्य पदार्थको प्रभाव तथा विश्लेषण तथा खाद्य स्वच्छता र गुणस्तरसम्बन्धि अध्ययन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको थियो।

तर, प्रयोगशालाको स्थापनासँगै त्यसको सञ्चालनका लागि चाहिने आवश्यक जनशक्ति, सञ्चालन कार्यविधि बनाउने जस्ता विषयमा पहल हुन सकेको छैन। खाद्य संस्थानले बेच्दै आएको खाद्यान्न वस्तु मात्र नभई निजी क्षेत्रले बेच्दै आएका वस्तुलाई पनि परीक्षण गर्ने उद्देश्यले प्रयोगशाला स्थापना गरिएको थियो।

खाद्यान्नको गुणस्तर तथा मापदण्ड परीक्षणका लागि हाल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग मात्र प्रयोगशाला रहेको छ। विभागसँग रहेको प्रयोगशाला पनि सानो क्षमताको भएका कारण सबैखालका खाद्य वस्तुको परीक्षणमा कठिनाई हुने गरेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports