linktrix Long Ad
Salt Trading Long Ad

पहिलो ३ महिनामा कुन बैंकले कत्ति नाफा कमाए ?

624
shares

वाणिज्य बैंकहरुले चालू आवको ३ महिनामा ११ करोडदेखि २ अर्ब ५ करोडसम्म नाफा आर्जन गरेका छन्।

साउन, भदौ र असोजमा बैंकहरुको नाफा साढे २१ प्रतिशतले बढेको हो। सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ८ वटाको घट्दा १२ वटाको नाफा बढेको बैंकहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणले देखाएको छ। विवरणअनुसार गत वर्ष सोही अवधिमा १३ अर्ब ३४ करोड रुपैयाँ नाफा कमाएका वाणिज्य बैंकहरुले यस वर्ष १६ अर्ब २३ करोड रुपैयाँ पुर्‍याएका हुन्। समग्रमा यो २१.६३ प्रतिशतले बढेको नाफा हो।

३ महिनामा ग्लोबल आईएमई बैंकको नाफा २३.३६ प्रतिशत, नेपाल बैंकको ३२२.९७, प्रभु बैंकको ०.६२, लक्ष्मी सनराइजको ४२०.५३, नेपाल एसबीआईको ७०.०१, प्राइम कमर्सियलको ११.७५, स्ट्यान्डर्ड चार्टर्डको ४.१७, कुमारी ३०८.५, सिद्धार्थ बैंकको ७९१.५०, एनएमबी १८.९४, एभरेस्ट बैंकमा ४४.४४, नबिल बैंकको ३९.९७ प्रतिशतले नाफा बढेको छ।

तर ८ वाणिज्य बैंकको नाफामा भने संकुचन आएको छ। सानिमा बैंकको १७.२७, हिमालय ३१.२२, माछापुच्छ्रे ७, नेपाल इन्भेष्टमेन्ट मेगा ३.८२, कृषि विकास बैंकको १२९.५०, सिटिजन्स बैंकको १२.५५, एनआईसी एसिया ८९.०६, राष्ट्रिय वाणिज्य बैंकको ८२.४० प्रतिशतले नाफामा गिरावट आएको विवरणले देखाएको छ। चालू आवको पहिलो त्रैमासिकमा सबैभन्दा बढी नाफा नबिल बैंकले गर्दा सबैभन्दा कम एनआईसी एसियाको रहेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports