linktrix Long Ad
Salt Trading Long Ad

अध्यादेश ल्याउने कुनै तयारी भएको छैन : प्रधानमन्त्री ओली

689
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउने विषयमा कुनै तयारी नरहेको बताएका छन् । आज बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकमा दल विभाजन सहज हुने अध्यादेशबारे कुरा उठेपछि प्रधानमन्त्री ओलीले त्यस्तो तयारी नभएको स्पष्ट पारेका हुन् ।

बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेशको विषयमा चर्चा भएको थियो । प्रधानमन्त्री ओलीले दल विभाजन सहज हुने गरी अध्यादेश ल्याउने तयारी भइरहेको बेला बुधबार बसेको बैठकमा सहभागी नेताहरुले यो विषयमा कुरा चलाएका थिए । अध्यादेशको विषयमा बैठकमा कुरा उठेपछि प्रधानमन्त्री ओलीले प्रष्टीकरण दिएको जनता समाजवादी पार्टीका महासचिव मोहम्मद इश्तियाक राईले बताए । ‘विपक्षी दलको तर्फबाट ज्ञापनपत्रमा अध्यादेशको विषय ध्यानाकर्षण गराएको विषय आएपछि बैठकमा कुरा उठेको थियो’ उनले, ‘तर, प्रधानमन्त्रीले अहिले त्यस्तो कुनै जानकारी नभएको बताउनुभएको छ ।’
प्रधानमन्त्री ओलीले आवश्यक परे ल्याउनसक्ने भएपनि अहिले कुनै तयारी नभएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेकपा एकीकृत समाजवादीसहित केही साना दलहरूलाई लक्षित गरेर अध्यादेश ल्याउने प्रयास गरिरहेको छन् । तर, सत्तारुढ दल नेपाली कांग्रेसभित्र सहमति नजुट्दा तत्काललाई रोकिएको छ । साना दल फुट्दा एमालेले लाभ लिन सक्ने भन्दै कांग्रेस नेता डा. शेखर कोइरालाले नमानेपछि प्रधानमन्त्री ओलीको यो प्रयास तत्काललाई रोकिएको बताइएको छ । आजको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणुकुमारी यादव, जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा सिके राउत लगायतका नेता सहभागी थिए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports