linktrix Long Ad
Salt Trading Long Ad

प्रतिपक्षले जवाफ किन दिनु नपर्ने ?

754
shares

 

काठमाडौ । अहिले चारैतिर सहकारी ठगीमा संलग्न भएकाहरुलाई कानुनी कारबाही गरि पिडितलाई न्याय दिनुपर्ने माग उठिरहेको बेला प्रमुख विपक्षी दल माओवादी केन्द्र सहित विपक्षी दलमा रहेका संघीय संसदका दलहरु अप्रत्यक्ष रुपमा पिडककै पक्षमा उभिएको जस्तो देखिएको छ ।
बुटवलको सुप्रिम बहुउदेश्यीय सहकारीबाट गोर्खा मिडियाका नाममा झण्डै १५ करोड रुपैँया खातामा जम्मा भएको प्रहरी अनुसन्धानले देखाएको छ । त्यसमध्ये २ करोड गोर्खा मिडियाका तत्कालिन प्रबन्ध निर्देशक एवं रास्वपाका सभापति रवि लामिछानेका नाममा रहेको र २ करोड ५० लाख तत्कालिन गोर्खा मिडियाका उपाध्यक्ष रहेका छविलाल जोशीका नाममा, गोर्खा मिडियाका नाममा १ करोड ५६ लाख १५ हजार रास्वपाका सहमहामन्त्री विपिन कुमार आचार्यका नाममा ३ करोड ३० लाख, भुपेन्द्रबाबु राईका नाममा १ करोड ३० लाख ३६ हजार, कुमार रम्तेलका नाममा गरी जम्मा १४ करोड २९ लाख ३६ हजार रुपैँया गएको अनुसन्धानले देखाएको छ ।
प्रतिनिधिसभाका सांसद सूर्य थापाको नेतृत्वमा संसदीय छानविन विशेष समितिको सिफारिस कार्यान्व्यन गर्दा असोज ६ गते छविलाल जोशी काठमाडौबाट पक्राउ परेका थिए । उनीहरुलाई पोखराको सूर्यदर्शनको बचत अपचलन गरेकोमा पोखरा लगिएको थियो । उनलाई बुटवलको सुप्रिम बहुउदेश्यीय सहकारीको रकम समेत अपचलन गरेको देखिए पछि रुपन्देही प्रहरीले समेत बयान लिएको थियो । विशेष संसदीय छानविन समितिले पोखराको सूर्यदर्शन चितवनको साहारा, बुटवलको सुप्रिम, काठमाडौको स्वर्णलक्ष्मी सहकारी र विरगञ्जको सहकारीबाट गोर्खा मिडियाको नाममा ६५ करोड ५४ लाख रुपैँया गएको प्रतिवेदनमा उल्लेख छ ।
संसदीय विशेष छानविन समितिले सहकारी ठगी प्रकरणमा आरोपित गोर्खा मिडियाका सञ्चालक जोशी सहित कार्यकारी अध्यक्ष जितेन्द्रबाबु राई (जिबी), तत्कालिन प्रबन्ध निर्देशक रवि लामिछाने, सञ्चालक कुमार रम्तेल विरुद्ध ठगी किर्ते, संगठित अपरोध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर आकर्षण हुने गरी अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको थियो । सोही सिफारिस अनुसार रम्तेल हाल अदालतको आदेशमा थुनामा रहेका छन् भने लामिछाने पक्राउ परेका र जोशी समेत पक्राउ परि अनुसन्धानकै क्रममा रहेकाले उनीहरु मध्येका लामिछानेलाई कसरी सरकारले प्रतिशोध लियो ? यसको जवाफ प्रतिपक्षले दिनैपर्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports