सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गोकर्णेश्वरमा पितृ श्राद्धका लागि पूर्व राजा ज्ञानेन्द्र शाह

663
shares

 

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह आज बिहान गोकर्णेश्वरको उत्तरबाहिनीस्थित उत्तरगया पुगेका छन् । शाह पितृ श्राद्धको लागि आफ्ना पुरोहितसहित गेरु वस्त्र धोती, दौरा सुरुवाल र कमिज लगाएर उत्तरगया पुगेका थिए । तीर्थ श्राद्धस्थलको नामले चिरपरिचित उत्तरगया क्षेत्रमा आफ्ना दिवङ्गत पितृको नाममा पूर्व राजाले श्राद्ध गरेका हुन् ।

उत्तरगयालाई हिन्दुहरुले धार्मिक पवित्र तिर्थ स्थल मान्दै आएका छन् ।उत्तर तर्फको शिवपुरी बागद्वारबाट बहन सुरु भएको बागमती उत्तर बहिनी क्षेत्रमा आएपछि दक्षिणबाट उत्तरतर्फ बहने भएकोले यस क्षेत्रलाई उत्तरगयाको नामले चिनिन्छ ।

आफ्ना पितृका नाममा केही दशक पहिला तत्कालीन राजा वीरेन्द्रले पनि यस क्षेत्रमा आइ यहाँ अवस्थित कान्ति भैरवको मन्दिरमा पूजा आराधना गरेका थिए । यस क्षेत्रमा श्राद्ध, तर्पण गर्नाले पितृहरूको उद्धार हुने धार्मिक विश्वास एवम् मान्यता रही आएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports