सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपाका महामन्त्री राणा प्रतिनिधिसभामा बाके -२ न. क्षेत्रबाट चुनाव लड्ने

663
shares

नेपालगञ्ज ।नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा धवलशम्शेर राणाले आगामी निर्वाचनमा बाँके क्षेत्र नम्वर दुईबाट प्रतिनिधिसभामा चुनाव लड्ने घोषणा गरेका छन् ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै राप्रपाका महामन्त्रीसमेत रहेका राणाले गृहनगर नेपालगञ्जको विकास गर्ने अभिभारा पूरा गरिसकेकाले अव राष्ट्र निर्माणको जिम्मेवारीसहित प्रतिनिधिसभामा चुनाव लड्ने घोषणा गरेका हुन् ।

उनले हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्र राप्रपाको मुख्य एजेण्डा रहेकाले यसलाई स्थापित गराउन सबैको सहयोगको आव्हानसमेत गरे । उपमहानगरपालिकाको विकास निर्माणमा आफुलाई नगरबासीले महत्वपूर्ण सहयोग गरेको भन्दै राणाले आगामी दिनमा पनि सहयोगको अपिल गरे ।

नेपालगञ्ज निवासी राणाले आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणसँगै अव देशको विकास निर्माण गर्ने जिम्मेवारी पुरा गर्ने गरी अघि बढ्ने उद्घोष गरे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports