kumari
stcnepal

भेरी अस्पतालको क्वार्टरमा निस्सासिएर चार जनाको निधन

काठमाडौं । नेपालगञ्जको भेरी अस्पतालको क्वार्टरमा निस्सासिएर चार जनाकोनिधन भएको छ । बिहीवार बिहान अस्पतालको क्वार्टरमा निस्सासिएर
एकै परिवारका ४ जनाको निधन भएको छ । कार्यालय सहयोगीको क्वाटरमा विहान अबेरसम्म पनि ढोका नखुलेपछि हेर्दा सुतेका ७ जनामध्ये ४ जना मृत अवस्थामा भेटिएको अस्पताल स्रोतले जनाएको छ ।निधन हुनेमा २३ वर्षीय भट्टराई सहित उनकी आमा ४५ वर्षकी कोकिला, ३ महिने छोरा इप्सन र २७ वर्षीया दिदी नन्दकली रहेका छन् ।

श्रीमती, भाइ र अर्का एक छोरा बेहोस अवस्थामा भेटिएको भेरी अस्पतालका प्रमुख डाक्टर वीरेन्द्रबहादुर चन्दले जानकारी दिएका छन् । उहाँका अनुसार उनीहरु कोठा तातो बनाउन कोइला बालेर सुतेको र त्यसैका कारण अक्सिजनको कमी भएर निधन हुनसक्ने अनुमान गरिएको छ । बेहोस अवस्थाका तीनजनाको भेरी अस्पतालमै उपचार भइरहेको छ ।

footer