केपी ओली फुटबल कपमा प्रधानमन्त्रीले मनाए आफ्नो जन्मदिन
वि.सं.२०८१ फागुन ११ आइतवार १६:०३
shares

प्रधानमन्त्री केपी शर्मा ओलीले ७४ औं जन्मदिन मनाएका छन्।
आइतबारबाट सुरू भएको केपी ओली कप फुटबलको तेस्रो संस्करणको उद्घाटन सत्रमा उनले आफ्नो जन्मदिन मनाएका छन्।राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितमा प्रधानमन्त्री ओलीले केक काटेर जन्मदिन मनाएका हुन्। जन्मदिनको अवसरमा नेकपा (एमाले)का नेता, कार्यकर्ता तथा प्रधानमन्त्रीकी धर्मपत्नी तथा प्रथम महिला राधिका शाक्य पनि सरिक थिइन्।
युवा संघले आयोजना गरेको प्रतियोगिता फागुन १९ गतेसम्म चल्नेछ। प्रतियोगितामा ‘ए’ डिभिजन क्लब र विदेशी क्लब गरी ९ टोलीको सहभागिता हुने आयोजकले बताएको छ। आयोजकका अनुसार एपिएफ एफसी, ब्ल्याक बुल्स एफसी, संकटा क्लब, त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब, केपी एफसी, न्युरोड टिम, मच्छिन्द्र एफ र एफसी ट्रान्सपोर्ट युनाइटेड सहभागी हुँदैछन्।
प्रतियोगिताको क्वार्टरफाइनल सम्मका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा र सेमिफाइनल तथा फाइनल खेल दशरथ रंगशालामा हुनेछ।

































