भोटेकोशी बाढीमा बेपत्ता भएका पत्रकार थामीको अन्त्येष्टी गर्ने परिवारको निर्णय
वि.सं.२०८३ असोज २ शुक्रवार ११:२७
shares

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएका पत्रकार टेकराज थामीको अन्त्येष्टि गरिने भएको छ । उनको शव नभेटिएपछि परिवारले शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।
नयाँ पत्रिकामा कार्यरत पत्रकार थामी कार्यालयबाट चार दिनका लागि बिदा लिएर रसुवातर्फ गएका थिए । आफू एक कार्यक्रममा सहभागी हुन केरुङ जाने उनले परिवारलाई बताएका थिए ।
दोलखा घर भएका थामीका श्रीमती र एक छोरी छन् ।



































