सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भ्रममा पूर्वराजाले हौसिन आवश्यक छैन : गृहमन्त्री रमेश लेखक

585
shares

सुर्खेत । गृहमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतन्त्रको विकल्प राजतन्त्र नहुने भएकाले नहौसिन चेतावनी दिएका छन् । आइतबार बिहान सुर्खेतमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

‘केही मानिसले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर भ्रम फैलाइरहेका छन्,’ लेखकले भने, ‘त्यो भ्रममा राजाले हौसिन आवश्यक छैन ।’जनताले आन्दोलन र क्रान्ति गरेर फालिसकेको राजालाई लोकतन्त्रमा फर्किसकेको जनताले फेरि फर्काएर ल्याउँछ भन्ने विश्वास पनि नगर्न लेखले आग्रह गरे ।

उनले थपे, ‘लोकतन्त्र भनेको त्यो व्यवस्था हो, सामान्यतया: आन्दोलन, क्रान्तिबाट फालिएको राजसंस्थाका राजा उसै देशमा सबै स्वतन्त्रता उपभोग गरेर बसेको इतिहास विरलै देखिन्छ । हाम्रो लोकतन्त्र यति उदास छ, कि जनताले फालेको राजतन्त्रका राजा पनि सबै स्वतन्त्रता उपभोग गरेर बसिरहेका छन् ।’ यो नै लोकतन्त्रको सुन्दर पक्ष रहेको बताउँदै लेखकले यसलाई लोकतन्त्रको कमजोरीका रूपमा नलिन पूर्वराजलाई चेतावनी दिए । पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौँ फर्कन लागेको विषयमा सुरक्षा व्यवस्था कस्तो छ ? भन्ने पत्रकारको प्रश्नमा लेखले सुरक्षा व्यवस्था कडा पारिएको बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports