सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओवादी केन्द्र पदाधिकारी बैठक बिहान बस्ने

585
shares

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा(माओवादी केन्द्र) पदाधिकारी बैठक सोमबार बिहान बस्ने भएको छ । आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक शीर्ष नेताहरू काठमाडौँ आउनेक्रम जारी रहेकाले भोलि बिहान ८ बजे प्रचण्ड निवास खुमलटारमा बस्ने गरी बोलाइएको सचिव देवेन्द्र पौडेलले  बताए ।

पूर्वनिर्धारित पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियान स्थगित गरी शीर्ष नेताहरू काठमाडौँ फर्किरहेका छन् । अध्यक्ष प्रचण्ड केही बेरअघि काठमाडौँ फर्किसकेको सचिवालयले जनाएको छ ।उपमहासचिव गिरिराजमणि पोखरेल लगायत नेताहरू राजधानी फर्किने क्रममा रहेका छन् । प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रको रक्षाका लागि आफूलाई साथ दिन आह्वान गरेपछि राजावादीहरूले सडकमा सक्रियता बढाएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमको सन्दर्भमा शनिबार रौतहटमा बसेको शीर्ष नेताहरूको अनौपचारिक बैठकले तराई मधेस जागरण अभियान स्थगित गरी काठमाडौँ केन्द्रित हुने निर्णय गरेको थियो । यद्यपि सचिव पौडेलले राजावादीहरूको सक्रियताले केही फरक नपर्ने जिकिर गरेका छन् । ‘राजावादीहरूको सक्रियताले केही फरक पर्दैन । माओवादीले खासै केही तयारी गरेको छैन । संसदमा प्रभावकारी भूमिका खेल्नका लागि अभियान स्थगित गरिएको हो । आगामी योजनाबारे छलफल गर्न भोलि बिहान पदाधिकारी बैठक बोलाइएको छ’, उनले भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports