सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज काठमाडौंमा ११ सय भन्दा बढी प्रहरी परिचालन

611
shares

आइतबार काठमाडौंको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ।

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किने र उनको स्वागतमा राप्रपालगायत राजावादीहरुले काठमाडौंमा प्रदर्शन गर्ने तयारीपछि काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाइ अलर्ट’ मा राखिएको छ।काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले अरू सामान्य अवस्थाभन्दा बढी संख्यामा नेपाल प्रहरीका कर्मचारी खटाइएको जानकारी दिए।

काठमाडौं परिसरसँगै उपत्यका प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयबाट पनि प्रहरी कर्मचारी खटाइएको उनले बताए।’प्रहरी कर्मचारीमात्रै ११३४ जना खटाइएको छ, प्रदर्शनका अवाञ्छित गतिविधि नहोस् भन्नका लागि अरू दिनभन्दा बढी कर्मचारी खटाइएको छ,’ उनले भने।साथै आवश्यकता अनुसार वाटर क्यानन, प्रहरीको गाडी, एम्बुलेन्स परिचालन गरिएको एसएसपी खनालले जानकारी दिए।

प्रहरीसँगै आइतबार सशस्त्र प्रहरी, अनुसन्धान विभागका कर्मचारीहरू पनि खटिएका छन्।काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आइतबारका लागि आवश्यकताअनुसार सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए।’विशेषगरी रूटमा सुरक्षा व्यवस्था चुस्त पारिएको छ। सँगै भिडभाड, हुलहुज्जत हुनसक्ने स्थानहरूमा सोही अनुसार व्यवस्था गरिएको छ,’ उनले भने।सुरक्षामा सबै उपायहरू अबलम्बन गरेर आइतबार काठमाडौंमा हुने प्रदर्शनलाई शान्तिपूर्ण बनाइने उनले बताए।ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्नका लागि काठमाडौंका विभिन्न स्थानबाट र्‍याली निकालिँदै छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports