kumari
stcnepal

डा. सन्तोष क्षेत्रीलाई स्वास्थ्य मन्त्रालयद्वारा सेवाबाट हटाउने तयारी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कन्सल्टेन्ट नेफ्रोलोजिष्ट (नवौँ तह) डा. सन्तोष क्षेत्रीलाई सेवाबाट हटाउने तयारी गरेको छ ।

गत साउन १८ गतेदेखि बिदा स्वीकृत नगराई कार्यालय उपस्थित भएपछि उनलाई मन्त्रालयले सेवाबाट हटाउने तयारीस्वरुप दोस्रो पटक स्पष्टीकरण सोधेको हो ।यसअघि गत फागुन १० मा उनलाई ७ दिने स्पष्टीकरण सोधिएको थियो । तर उनको स्पष्टीकरण सन्तोषजनक नभएकाले अहिले फेरि सेवाबाट किन नहटाउने भनी १५ दिनको समय दिएर अर्को स्पष्टीकरण सोधिएको हो ।

मन्त्रालयले सेवाबाट हटाउनु नपर्ने कुनै कारण भए सबुत प्रमाणसहित स्पष्टीकरण पेस गर्न भनेको छ । यसबारे मन्त्रालयले सोमबार एक सार्वजनिक सूचना नै प्रकाशित गरेको छ ।

footer