बालेनले राप्रपालाई गरे १ लाख जरिवाना
वि.सं.२०८१ फागुन २६ सोमवार ०८:२१
shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख जरिवाना तिराएको छ ।
पूर्वराजाको स्वागतका लागि आयोजित प्रदर्शनका क्रममा वातावरण प्रदूषण गरेको भन्दै जरिवाता तोकिएको हो ।महानगर प्रहरीले राप्रपा मुख्यालयका नाममा पठाएको पत्रमा ‘पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका विरुवाहरु साथै रेलिङ्गमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरी वातावरण प्रदूषण गरेको’ उल्लेख गरिएको छ ।
































