तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गृह मन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकमा चैत १५ मा हुने दुई वटा प्रदर्शनबारे छलफल

585
shares

काठमाडौँ । चैत १५ मा गणतन्त्रको पक्ष र विपक्षमा काठमाडौँमा प्रदर्शन हुँदै छ । समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्दै छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को नेतृत्वमा पूर्व राजाका समर्थकले तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् ।आइतबार गृह मन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकमा चैत १५ मा हुने दुई वटा प्रदर्शनबारे छलफल भएको छ । समाजवादी मोर्चा र प्रसाईँको नेतृत्वमा हुने पुर्वराजा समर्थको प्रदर्शनमा देखिनसक्ने सुरक्षा चुनौतीबारे छलफल भएको बैठकमा सहभागी एकजना उच्च अधिकृतले  बताए ।

केन्द्रीय सुरक्षा समिति बैठकमा गृहमन्त्री रमेश लेखक, गृह मन्त्रालयका सचिव गोकर्णमणि दवाडी, आईजीपी दीपक थापा, सशस्त्र प्रहरीका आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र नेपाली सेनाका प्रतिनिधि सहभागी थिए ।बैठकमा पूर्वराजा समर्थकहरुको गतिविधि, स्वर्गद्वारी पीडितहरूको प्रदर्शन र अस्थायी शिक्षकहरूले गर्ने भनिएको प्रदर्शनबारे छलफल भएको छ ।‘स्वर्गद्वारी गुठी पीडित मोही किशान संर्घर्ष समिति’को प्रदर्शनलाई पनि केन्द्रीय सुरक्षा समितिले ‘सुरक्षा चुनौती’ भनेर विश्लेषण गरेको छ । फागुन १८ मा बानेश्वरको बेकरी क्याफे अगाडी झडप हुँदा ‘स्वर्गद्वारी गुठी पीडित मोही किशान संर्घर्ष समिति’का प्रदर्शनकारीले डीएसपी गंगा पौडेललाई आक्रमण गरेका थिए । आक्रमणबाट प्रहरी वृत्त सिंहदरबारका डीएसपी पौडेल घाइते भएका थिए ।

त्यसबेला पक्राउ परेका ५ महिला र ७ पुरुष माफी मागेर छुटेका छन् । प्युठानको स्वर्गद्वारी गुठीको नाममा दाङमा जग्गा छ । सो जग्गामा आफूहरूले खेतीपाती गरिरहेको हुनाले आफूहरूलाई मोहियानी हक दिनुपर्ने किशानहरुले माग राखेका छन् । उनीहरूले केही समयदेखि काठमाडौँमा प्रदर्शन गरिरहेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports